विदेश
काठमाडौं । अफ्रिकी देश केन्याको मन्देरामा भएको एक विद्रोही आक्रमणमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रहरीले उक्त आक्रमण सोमालियाको इस्लामिक अतिवादी समूह अल सबाबको हात रहेको हुन सक्ने बताएको छ ।
आक्रमण सोमालियाको सीमा क्षेत्र नजिकै भएको हो । उनीहरुको मुख्य निशाना सहरको उत्तर पूर्वी क्षेत्रको गेस्टहाउस रहेको बताइएको छ । जसमा मुसलमान बाहुल्य सहरका क्रिस्चियनलाई निशाना बनाइएको हो ।
अल सबाब समर्थित सञ्चारमाध्यमले उक्त घटना बाहिरबाट आएका क्रिस्चियन केन्याका नागरिकलाई लक्षित गरिएको बताएका छन् ।
मृत्युभ एका १० जना स्थानीय स्कुलमा कार्यक्रम गर्न बाहिरबाट आएका नागरिक भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १४:१३
प्रतिक्रिया दिनुहोस्