site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

जुम्ला । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति जुम्लाले पूर्व प्रस्तावित पुरानै संरचनाको खाका सङ्ख्या तथा सीमा निर्धारण आयोगमा सिफारिस गरेको छ । सोमबार स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक हरिनारायण बेल्बासेको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उपस्थित व्यवस्थापिका– संसद् सदस्यद्वय गोमा कुँवर र डिल्लीप्रसाद काफ्लेसहित जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिको सहमतिमा पुरानै संरचनाको खाका पठाउने निर्णय गरिएको संयोजक बेल्बासेले जानकारी दिए ।

“जनसङ्ख्या भन्दा विशेष गरी यहाँको भूगोल, प्रशासनिक केन्द्र, सेवा प्रवाहमा सुगमता, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक सहमतिलाई मध्यनजरगरी एक नगरपालिका र सात गाउँपालिकाको पूर्व प्रस्तावित खाका सिफारिस गर्ने निर्णय गरिएको हो,” संयोजक बेल्लबासेले भने । समितिले प्रस्तावित खाकामा गाउँपालिका, नगरपालिकाको नामाकरण, सीमाङ्कन र प्रस्तावित केन्द्रको सिफारिस गरी पठाउने निर्णय गरेको बताएको छ । यता १,१७७ जनसङ्ख्या रहेको बुम्रमाडीचौर गाविसलाई विशेष क्षेत्रका रुपमा तोकिएको निर्णय पनि आयोगमा सिफारिस गरिएको छ ।

KFC Island Ad
NIC Asia

पछिल्लो समयमा सरकारले मुलुकमा ५६५ बाट ७४२ स्थानीय तहको संरचना तयार गर्नसक्ने निर्णय गरेसँगै जिल्लामा प्राप्त भएको परिपत्र बमोजिम प्रस्तावित अन्तिम खाका सिफारिस गरिएको प्राविधिक सहयोग समिति जुम्लाले जनाएको छ ।

रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro