विदेश
काठमाडौं । भेनेजुएलाको सरकार तथा त्यहाँका आन्दोलनरत विपक्षी पार्टीहरुबीच आइतबार वार्ता हुने भएको छ ।
सरकार र विपक्षी पार्टीहरुबीच चरम तिक्ततापूर्ण सम्बन्ध रहेको बेला घोषणा गरिएको यस कदमलाई आश्चर्यजनक रूपमा लिइएको छ ।
हालैका दिनमा विपक्षी पार्टीहरु राष्ट्रपति निकोलस मडुरोलाई फिर्ता बोलाउने उद्देश्यले गराउन लागेको जनमत संग्रह प्रक्रिया निलम्बन गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् ।
राष्ट्रपति मडुरोको पोप फ्रान्सिससँग पूर्वनिर्धारित नभएको भेटवार्तापछि उक्त घोषणा भएको बताइएको छ ।
भ्याटिकन सिटी तथा दक्षिण अमेरिकी राष्ट्रहरुको संगठनले मध्यस्थता गर्ने बताइएको छ । एक वक्तव्यमा राजनीतिक पार्टीहरुलाई निष्कपट तथा रचनात्मक संवाद गर्न साहस देखाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १०:२२
प्रतिक्रिया दिनुहोस्