site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एउटा तस्बिरले बदलेको जीवनशैली
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । सामाजिक सञ्जाल तथा खासगरी पाकिस्तानी सञ्चारमाध्यममा अहिले एक व्यक्तिको निकै चर्चा छ । ती व्यक्ति कुनै कलाकार, राजनीतिज्ञ, क्रिकेटर वा कुनै सभ्रान्त वर्गका होइनन् । उनको दैनिकी भनेको पाकिस्तानको राजधानी इस्लामावादको सन्डे चोक (पेशावर चोक)मा चिया बेच्नु हो । १७ भाइबहिनीका दाजु रहेका उनले खासै पढेलेखेका  पनि छैनन् । तैपनि उनको चर्चा केही समयदेखि पाकिस्तानमात्र नभएर अन्तर्राष्ट्रिय मिडियासम्म भइरहेको छ । कारण हो, आकर्षक जिउडाल । र, त्यसमा पनि उनका निलो रंगको आँखा । उनी अहिले इन्टरनेट दुनियाँमा ‘पाकिस्तानी चायवाला’ को नामले चर्चित छन् । 
उनको वास्तविक नाम अरशद खान हो । २५ वर्षदेखि इस्लामावादमै बस्दै आएका ती चायवालाको काम भनेको चिया पकाउनु र ग्राहकलाई खुवाउनु हो । उनको चर्चा त्यतिबेला सुरु भयो, जब पाकिस्तानका एक स्थानीय फोटोग्राफर जिया अलीले उनको तस्बिर सामाजिक सञ्जालमा अपलोड गरे । उनले १४ अक्टोबरमा इन्स्टाग्राममा सो तस्बिर पोस्ट गरेका थिए । जियाले पोस्ट गरेको तस्बिर कसैले सेयर गरे । त्यसपछि यो तस्बिर भाइरल बन्न पुग्यो । ट्वीटरमा गत सोमबार ‘ह्यासट्याग चायवाला’ ट्रेन्डिङ एक नम्बर बन्न पुगेको थियो । 
यो फाटोको यति धेरै चर्चा हुनुमा अरशदको सुन्दरता नै महत्वपूर्ण कारण हो । त्यसमा पनि अरशद खानको सुन्दरताप्रति पाकिस्तानी युवतीहरू त ‘पागल’ नै भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएको यो तस्बिरको कमेन्टमा युवतीहरूले उनलाई आफ्नो ‘आमाको ज्वाइँ’सम्म भन्न भ्याइसकेका छन् । 
उनको यति धेरै चर्चा छ कि पाकिस्तानीहरूले उनको तुलना बलिउड हस्तीहरूसँग पनि गरेका छन् । कसैले बलिउडका स्टारभन्दा पनि बढी उनी सेक्सी भएको बताएका छन् । कसैले बलिउडका पाकिस्तानी कलाकार फवाद खानसँग उनलाई तुलना गरेका छन् । कसैले भने उनलाई मोडलिङमा जान सुझाएका छन् । ट्वीटरमा उनको चर्चा चुलिँदो छ । 
ट्वीटरमा केहीले उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गर्दै उनी पाकिस्तानका चियावाला भन्दै भारतीयप्रति घोचपेच पनि गरेका छन् । 
न्युज एजेन्सी तथा टिभी च्यानलहरुले उनको बारेमा रिपोर्टिङ गरिरहेका छन् । उनका बारेको समाचार अमेरिकी लोकप्रिय वेबसाइट बजफिडलगायत धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेटेका थिए ।
सामाजिक सञ्जालमार्फत यत्रो चर्चा हासिल गरेको भए पनि उनलाई  फेसबुक तथा ट्वीटर भनेको के हो  भन्ने थाहा छैन । तर, रातारात पाएको लोकप्रियताप्रति भने औधी खुसी छन् । उनीसँग तस्बिर खिचाउन आउने मानिसहरूको भीडले दैनिक काम असर परेको उनको गुनासो छ । 
अब सामाजिक सञ्जालमा उनको लोकप्रियताको असर देखिन थालेको छ । ट्वीटरमा ट्रेन्डिङ बनेपछि उनको जीवनशैली बदलिएको छ । अरशदले इस्लामावादको एक अनलाइन रिटेलरबाट मोडलिङ कन्ट्रयाक्ट पनि प्राप्त गरिसके । रिटेल साइट ‘फिटइन डट पीके’ले अरशद खानसँग राम्रै राशिमा मोडलको रूपमा अनुबन्ध गरेको बताइएको छ । उसले आफ्नो वेबसाइटमा अरशद खानको तस्बिर राखिसकेको छ । उनी अब चायवाला होइन, फेशनवाला भएका छन् । 
अरशदको यो रूपान्तरणमा  सामाजिक सञ्जालको योगदान रहेकोमा कुनै शंका नै भएन । परम्परागत मिडियाबाट ओझेलमा रहेको व्यक्ति तथा विषयलाई बाहिर ल्याउन सामाजिक सञ्जाल वा अल्टरनेटिभ मिडियाले अझ दमदार रूपमा काम गर्न सक्छन् भन्ने प्रमाणित भएको छ ।  
–एजेन्सीको सहयोगमा
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro