site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चन्दा उठाउन स्कुलमा बम हानेको प्रहरी निष्कर्ष,हतियारसहित भागेका पूर्व माओवादी लडाकुको संलग्नता
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्कुल अगाडि बम राख्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा शंकर लाखे र चन्द्र बहादुर तामाङ रहेका छन् । घटनाका मूख्य योजनाकार मीन देवकोटा र सुमन श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
माओवादी कम्युनिष्ट केन्द्र नेपालको भ्रातृ संगठन मोर्चाको रुपमा क्रियाशिल अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ्ग कम्युनिष्ट फोर्सको संलग्नतामा बम राखिएको प्रहरीले जनाएको छ । मंगलबार विहानै सो समूहले काठमाडौं र ललितपुरका ८ वटा स्कुल अगाडि बम राखेर जनजीवन त्रसित पारेको थियो ।
सो संगठन शान्ति प्रक्रिया पूर्व २०६२ सालमै हतियारसहित भागेका पूर्व लडाकुहरुले गठन गरेको प्रहरीले जानकारी दिएको छ ।  महानगरीय आयुक्तको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा एआईजी प्रताप थापाले राजनीतिक आवरणमा अपराध गरिएको बताए ।  उनले यस्तो आपराधिक क्रियाकलाप गर्ने कसैलाई पनि छुट नभएको बताउँदै जनजीवन त्रसित पारेर चन्दा उठाउन सक्रिय समूह रहेको बताए ।
पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले उक्त संगठनले २०६९ सालदेखि राजनीतिक दलको आवरणमा आपराधिक क्रियाकलाप गर्दै आएको अनुसन्धानबाट खुलेको बताए ।
“२०६२ सालदेखि ०६९ सालसम्म राजनीतिक दलको आवरणमा विभिन्न आपराधिक कृयाकलापमा संलग्न रहेका र त्यसपछि सरकारसँग गरेको वार्ता पनि सफल हुन नसकेको पाइयो,”थापाले पत्रकार सम्मेलनमा भने ।
त्यसपछि संविधान निर्माणका क्रममा आनन्द प्रसाद ढुंगानाको नेतृत्वमा रहेको वार्ता समितिसँग  २०७१  भदौमा नेपालगंजमा वार्ता गरेर हतियार बुझाएका थिए ।  समिति समक्ष हतियार बुझाएको भए पनि उनीहरुले विभिन्न कलेज तथा विद्यालयमा अनियमितता भएको बहाना बनाई धम्काउने, चन्दा आतंक जारी राखेको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकारीका अनुसार उनीहरुले चन्दाका लागि यसअघि नै स्कुलमा पत्र पठाएका थिए । चन्दा नदिएपछि बम राखेर त्रसित पारेको उनको भनाई छ ।  प्रहरीका अनुसार फरार रहेका दुई जनासँग पक्राउ परेकाको नियमित फोन सम्पर्क भएकाले उनीहरु पनि छिट्टै पक्राउ पर्नेछन् ।
 विगत पनि उस्तै 
सो समूह २०७१ सालमा कलंकीबाट मन बहादुर चदाराको यार्सागुम्वा लुट्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । पार्टीका अध्यक्ष देबेन्द्र महत, केशब दाहालसहित ४ जनालाई जबरजस्ती चोरी मुद्दा काठमाडौं परिसरबाट चलाइएको थियो ।  त्यसैगरी गत साउन ६ गते पनि नेपाल मोडर्न स्कुलको बसमा पनि सोही समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro