site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गगन थापा पोखरा आएपछि रास्वपा सशंकित, कांग्रेस भन्छ– अफवाह फैलाइयो

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पोखरा आएको विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताकार्यकर्ता सशंकित भएका छन् । तर, रास्वपाले अफवाह फैलाएको कांग्रेसको आरोप छ ।

हिजो साँझदेखि नै अनेक हल्ला चलाएको र आज पार्टी कार्यालयमा भेटघाट गरिरहँदा पनि असहज स्थिति सिर्जना गर्न खोजेको गण्डकी प्रदेशका कांग्रेस सांसद डिल्लीराम सुवेदीले बताए । उनका अनुसार, थापाले सहकारी पीडितसँग समेत अदालतमा विचाराधीन मुद्दा भएकाले अहिले आफू भेट्न नसक्ने बताएका थिए । 

"सहकारी पीडितले पनि भेट्न खोजेका थिए । तर, महामन्त्रीज्यूले अदालतमा विचाराधीन मुद्दा रहेकाले भेट्न नसक्ने बताउनुभयो । जे गर्छन, वकिलले गर्छन् भनेर जवाफ दिनुभयो । रास्वपाका कार्यकर्ताहरूले अफवाह फैलाएर अदालतलाई प्रभावित पार्ने पर्यत्न गर्न खोजेको जस्तो लाग्यो," सुवेदीले भने ।

कांग्रेस नेताहरू महामन्त्री थापा नितान्त पार्टी कार्यक्रममा आएको बताउँछन् । तर, रास्वपाका कार्यकर्ताले लामिछानेको मुद्दासँग जोडेर अनावश्यक चर्चा चलाएको उनीहरूको भनाइ छ ।

सहकारी प्रकरणमा रास्वपाले महामन्त्री थापालाई जोड्न सक्ने ठानेर कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले कार्यतालिका नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । 

त्यसका बाबजुद पार्टी कार्यालयमा पूर्वनिर्धारित कार्यक्रममा थापा व्यस्त रहेका बेला बाहिरपट्टि रास्वपाका कार्यकर्ता, सहकारीपीडित र नेविसंघका नेता कार्यकर्ताबीच केहीबेर धकेलाधकेलको स्थिति सिर्जना भएको थियो । तर, यसबारे महामन्त्री र आफू अनभिज्ञ रहेको सभापति बराल बताउँछन् ।

महामन्त्री थापा पार्टी कार्यालयमा रहँदा सहकारीपीडित भन्दै एक महिला आएकी थिइन् । तर, उनी रास्वपा निकट रहेको स्वयं सहकारी पीडितले नै खुलाएका छन् ।

सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठ भन्छन्, “अनुराधा श्रेष्ठ वडा नम्बर ६ की सदस्यलाई सबै पीडित नै हौँ भनेर संघर्ष समितिमा राखियो, बोल्न सिकाइयो । तर, अहिले रङ देखाइन् ।”

रास्वपाका केही कार्यकर्ता पार्टी कार्यालय गएपछि सहकारीपीडित पनि पुगेका थिए । दुई वर्षसम्म आफ्नै रकम खर्च गरेर दुई वर्षयता संघर्षमा आफूहरू उत्रिएको उनीहरूले बताए ।

“म गगनसँग प्रमाण माग्न आएको हो,” एक सहकारी पीडितले भनिन, “रोएर हुँदैन, हामीले संघर्ष गर्न अझै बाँकी छ ।”

यही क्रममा रवि समर्थित सहकारीपीडित र संघर्ष समिति बनाएका सहकारी पीडितबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro