site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेमा रावल, पाण्डे र तिम्सिनालाई गरिएको कारबाही सच्याउन माग

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा तीन नेतालाई कारबाही गरिएको निर्णय सच्याउन माग गरिएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा सच्याउनुपर्ने आवाज उठेको हो ।

आइतबारको बैठकमा केन्द्रीय सदस्यहरू झपड रावल र प्रकाश शाहले यो निर्णयले पार्टीलाई क्षति पुर्‍याउने धारणा राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रावलले कारबाही गर्नु उचित नभएको बताएका थिए । “सचिवालय बैठकको निर्णय तत्काल सच्याउनुपर्छ । कारबाहीको निर्णय पार्टी र आन्दोलनको हितमा छैन । यसले क्षति पुर्‍याउँछ,” रावलले बैठकमा भनेका छन् ।

गत पुस १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पाण्डे र तिम्सनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो । आइतबारको बैठकमा २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । भोलिको बैठकमा पनि नेताहरूले प्रतिवेदनमाथि बोल्ने कार्यसूची छ । धारणा राख्नुअघि नै सचिवालय बैठकको निर्णय अनुमोदन गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro