site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले फागुन १ देखि एक महिना तराई/मधेस जागरण अभियान चलाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले फागुन १ गतेदेखि एक महिना तराई/मधेस जागरण अभियान चलाउने भएको छ । आइतबार बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक महिने तराई/मधेस जागरण अभियान चलाउने जानकारी गराएका हुन् ।

बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व–पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेको जानकारी दिए । साथै, उपत्यका विशेष अभियान चलाउने पनि धारणा राखेको बताए । केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र बृहत् वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि जानकारी दिए ।

उनले भने, "पार्टी एकता र बृृहत् वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ, त्यो मोर्चालाई सक्रिय गराउने कुरा त भइहाल्यो । त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने । नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने कुरा भएको छ । महिला दलित, मुस्लिमलाई विशेषअधिकार दिने कुरा त पहिला पनि गरेका थियौँ । महिलाको अधिकार पनि ३३ बाट बढाएर ३३ बाट ५० पुर्‍याउन पहल गर्ने ।"

बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरूले पार्टी प्रवेशको लहर चलेको दाबी गरेका थिए । खबरदारी सभा देशव्यापी प्रभावकारी रूपमा चलेको जानकारी प्रदेश अध्यक्षहरूले बैठकमा दिएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro