site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११ वर्षीय बालकको अपरहणपछि भक्तपुरमा हत्या
SkywellSkywell

काठमाडौं । काठमाडौंबाटै अपहरणमा परेका एक बालकको हत्या भएको छ । काठमाडौंको काँडाघारीबाट अपहरणमा परेको सिन्धुपाल्चोक मेलम्चीका निशान खड्काको अपहरणपछि भक्तपुरमा हत्या भएको छ । आइतबार हाइल्यान्ड स्कुलबाट फर्किएपछि खड्का अपहरणमा परेका थिए । बालक खड्का आमा चमेलीसँग बस्दै आएका थिए । बुबा अशोक खड्का वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् । 

आमाले पेप्सीकोलामा चियापसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । स्कुलबाट फर्किँदै गर्दा अपहरणमा परेका खड्कालाई रिहा गर्न आमा चमेलीसँग ४० लाख माग गरिएको थियो । त्यसपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । अपहरणकारीले बालक खड्को राति नै हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । अपहरणकारी गोपाल खड्का परिवारसँग चिनाजानका व्यक्ति भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनी आइतबार पनि आमा चमेलीको चिया पसलमा देखिएका थिए । 

KFC Island Ad
NIC Asia

अपहरणमा परेका निशानको भक्तपुरमा निर्माणाधिन एक घरको जगमा शव फेला परेको थियो । भक्तपुरको थिमीमा श्याम लवतको निर्माणाधिन घरको जगमा बालक खड्काको शव फेला परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

अपहरणकारीको खोजी गर्ने क्रममा प्रहरी इन्काउन्टरमा परेर दुईजनाको मृत्यु भएको छ ।  अपहरणमा परेका निशानको खोजी गर्ने क्रममा प्रहरीसँगको इन्काउन्टरमा सूर्यविनायक नगरपालिका ८ को पाइलट बाबाको आश्रममा जाने बाटोमा इन्काउन्टर हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Royal Enfield Island Ad

अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार बालकको अपहरण गरेर आमा चमेली खड्कासँग ४० लाख फिरौती माग गर्ने समूहकै दुईजनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।  मृत्यु हुनेमा गोपाल तामाङ र अजय तामाङ भएको प्रहरीले जनाएको छ ।
अपहरणपछि प्रयोग भएको मोवाइल नम्बर, एउटा पेस्तोल र त्यसमा लाग्ने गोली तामाङद्वयको साथबाट बरामद भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro