देश
काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा सट्टेबाजी लगाउने तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजुका प्रकट महर्जन, रामघाटका रेजिन महर्जन र चागलका सजेन शाही रहेका छन् ।
उनीहरुले सोमबारको खेलमा पैसाको लेनदेन गरेको पाइएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए । उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ समेत बरामद भएको छ । विश्वकप चलिरहँदा अनलाइन सट्टेबाजी, जुवा लगायतका कार्य फष्टाउने गरेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०७५ १४:२६
प्रतिक्रिया दिनुहोस्