site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै कति चाहिन्छ नेपालमा प्रहरी ? एकजना प्रहरीले करिब ४ सय जनाको सुरक्षा गर्नुपर्ने !
SkywellSkywell

काठमाडौं । मूलुक एकात्मक प्रणालीबाट संघात्मक प्रणालीमा प्रवेश गरेपछि राज्यको प्रमुख सुरक्षा निकायलाई पनि संघीय स्वरुपमा लैजाने गृहकार्य सुरु भएको छ । झण्डै ७५ हजारको संख्यामा रहेको नेपाल प्रहरीको संघीय समायोजन सहज भने छैन । ७ वटा प्रदेशमा प्रहरीको समायोजन गर्नुपर्ने छ । अहिले संघीय र प्रदेश प्रहरी ऐन पनि निर्माण भएको छैन । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल प्रहरीलाई संघीय संरचनामा लैजान आवश्यक गृहकार्य भइरहेको बताउँछन् । उनले भने, “प्रहरीको संघीय रुपान्तरण र अपराधसंहिता कार्यान्वयन नै वर्तमान प्राथमिकता हो । यसका लागि तीव्ररुपमा काम भइरहेको छ ।”

नेपाल प्रहरीले बदलिँदो व्यवस्थामा २२ हजार प्रहरीको दरबन्दी थप्नुपर्ने प्रस्ताव गरे पनि सरकारले ३ हजार मात्रै दरबन्दी थप्ने अनुमति प्रदान गरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा दरबन्दी थपघट हुनसक्ने बताउँछन् । 

KFC Island Ad
NIC Asia

तर आन्तरिक रुपमा प्रहरी मुख्यालयले ७५ हजार संख्याको प्रहरीले संघीय संरचनामा सोचेअनुरुपको सुरक्षा दिन नसक्ने बताउँदै आएको छ । सार्वजनिक रुपमा भने प्रहरी मुख्यालय यो कुरा स्वीकार गर्न चाहँदैन । तत्काल २२ हजार नभएपनि कम्तीमा ६ हजार दरबन्दी थप्नैपर्ने बाध्यता नेपाल प्रहरीले गृह मन्त्रालयसँग आग्रह गरेको थियो ।

प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, उच्चपदस्थ व्यक्तिको सुरक्षार्थ दैनिक काम कारबाहीमा थप प्रहरी आवश्यक रहेको सुझाव गृहलाई प्रहरीले दिएको थियो । 

Royal Enfield Island Ad

यसअघि प्रहरी मुख्यालयले तयार पारेको सुरक्षामा प्रत्येक प्रदेशमा एसपीको कमान्डमा दुई सय ५० जना प्रहरीको गुल्म स्थापना गर्ने र आवश्यकताअनुसार गुल्मबाट विशिष्ट व्यक्तिको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने उल्लेख थियो । 

तर केन्द्र सरकारले कुनै निर्णय गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार हाल स्थानीय प्रहरीबाटै विशिष्ट व्यक्तिको सुरक्षा, मर्यादापालक, विशिष्ट व्यक्तिको निवास र कार्यालयको सुरक्षा लगायतमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसले गर्दा जिल्ला र स्थानीय तहको सुरक्षामा प्रहरीलाई सकस भएको प्रहरी स्रोत बताउँछ ।

प्रहरी मुख्यालयले विशिष्ट व्यक्तिको सुरक्षालाई व्यक्तिगत सुरक्षा, निवास स्थल, कार्यालय, भ्रमण र समारोहस्थलको सुरक्षामा वर्गीकरण गरेको छ । यसअघि नै तत्कालीन गृह मन्त्री जनार्दन शर्माकै कार्यकालमा प्रहरीमा २२ हजार नयाँ दरबन्दी थप्नुपर्ने प्रस्ताव प्रहरी मुख्यालयले गरेको थियो । थपिएको ३ हजार दरबन्दीलाई आधार नमान्ने हो भने कुल जनसंख्या करिब तीन करोड हुँदा एक जना प्रहरीले करिब चार सय जना सर्वसाधारणको सुरक्षा गर्नुपर्ने अवस्था रहेको प्रहरी अधिकारी बताउँछन् । 

कुन प्रदेशमा कति प्रहरी ?
 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिले पुरानै संरचनाअनुसार महानगरीय प्रहरी कार्यालय अन्तर्गत १० हजार प्रहरी जनशक्ति छ भने प्रदेश नम्बर १ मा १० हजारकै हाराहारीमा प्रहरी छ । प्रदेश नम्बर दुई र तीनमा ७ हजार ५ सय प्रहरी रहँदा चार, प्रदेश नम्बर पाँच र प्रदेश नम्बर ६ मा ६ हजारको संख्यामा प्रहरी परिचालित छन् । प्रदेश ७ मा सबैभन्दा कम ५ हजार प्रहरी कार्यरत छन् । यो संख्यामा कम्तिमा प्रदेशमा १० देखि १५ प्रतिशत थप्न आवश्यक रहेको प्रहरी मुख्यालय स्रोत बताउँछ । 

यसैबीच संघीय र प्रदेश प्रहरी ऐनले प्रहरीको भावी संरचनाको व्याख्या गर्नेछ । तर प्रहरी मुख्यालयले प्रदेश र केन्द्र  प्रहरी जोड्ने कुनै न कुनै संयन्त्र हुनुपर्ने तर्क गर्दै आएको छ । 
प्रहरी मुख्यालयले त प्रदेश प्रहरीको नियमन, अनुगमन गर्ने वागडोर केन्द्र प्रहरी वा गृहमन्त्रालय अन्र्तगत कुनै निकायको हातमा हुनुपर्ने बताउँदै आएको छ । एकजना उच्च प्रहरी अधिकारी भन्छन्, “यो विषयमा अब बन्ने ऐनले बोल्ला,तर प्रदेश प्रहरीलाई पुरै छाड्न हुँदैन ।”
प्रदेश निर्माण भइसकेको अवस्थामा प्रहरीलाई पनि प्रदेश संरचनामा लैजान आवश्यक रहेको उनी बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०७५  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro