एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह डी को खेलमा नाइजेरियाले आइसल्यान्ड विरुद्ध दोब्बर अग्रता बनाएको छ । नाइजेरियाका मुसाले दुबै गोल गरेका हुन् ।
खेलको ७५औं मिनेटमा अहमद मुसाले गोल गर्दै नाइजेरियालाई दोब्बर अग्रतामा पुर्याएका हुन् । मुसाले उत्कृष्ट गोल गरे । यसअघि मुसाले नै खेलको ४९औं मिनेटमा गोल गर्दै आइसल्यान्डविरुद्ध १–० गोलको अग्रता दिलाएका थिए ।
यसअघि नाइजेरिया र आइसल्यान्डले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । भोल्गोग्राड एरिनामा जारी खेलमा यी दुई टिमलाई जित अनिवार्य आवश्यक छ । नकआउट चरणमा प्रवेश गर्नका लागि आजको खेल दुबै टिम जित्ने लक्ष्यमा छन् ।
यसअघि भएको समूह चरणको आफ्नो पहिलो खेलमा आइसल्यान्डले बलियो प्रतिद्धन्दी अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलको थियो । आइसल्यान्डको १ अंक छ । त्यस्तै, नाइजेरिया भने क्रोएसियासँग १–० गोलअन्तरले पराजित भएको थियो । आजको खेलमा नाइजेरिया पराजित भए विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावना सकिनेछ ।