देश
काठमाडौं । नेपालमा रहेको इजरायली दूतावासको सुरक्षामा खटिएका असई अनुपराज थापाले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलका अनुसार लाजिम्पाटस्थित दूतावासमा रहेको आफ्नै कोठामा थापाले पेस्तोल हान्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।
प्रेम सम्बन्धमा खटपट भएपछि उनले आफैँलाई गोली हानेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५ १२:२६
प्रतिक्रिया दिनुहोस्