site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हराएको १७ दिनपछि शिवपुरी जंगलमा मृत भेटिए महर्जन
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६, धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि मंगलबार शिवपुरी जंगलमा मृत भेटिएका छन् ।

उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा आज तारकेश्वर नगरपालिका–३, पाँचमानेस्थित शिवपुरी जंगलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले राससलाई जानकारी दिए ।

उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उनले बताए । मृत्युको कारण भने खुलेको छैन । रासस

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro