site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत सरकारको सहयोगमा इनरुवामा विद्यालय भवन बन्ने, गरियो शिलान्यास

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । मंगलबार प्रतिनिधिसभा सांसद ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, र सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा शिलान्यास गरे ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दुई करोड ४८ लाख रुपैयाँ लागतमा विद्यालयको भवन निर्माण गर्न लागिएको जनाइएको छ । उक्त रकम भारत सरकारको अनुदानमा दुईतले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी)को रूपमा लिइएको छ र सुनसरीको इनरुवा नगरपालिकामार्फत कार्यान्वयन गरिँदैछ ।

विद्यालय सन् १९५८ मा स्थापना भएको थियो । नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको बताए । यी परियोजनाहरू नेपालका सबै प्रदेशहरूमा फैलिएका छन्, जसमध्ये कोसी प्रदेशमा ९१ वटा परियोजना रहेका छन्, उनले भने ।

भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको उनले जानकारी दिए । जसमध्ये कोसी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ ।

silyanyas1-1741704322.jpg
उनले वर्षौदेखि रहीआएको भारत–नेपाल विकास साझेदारीमा भएको वृद्धि, विस्तार र विविधीकरणप्रति खुसी व्यक्त गरे । नेपाल सरकारको प्राथमिकताका आधारमा यो साझेदारीलाई थप सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता पनि व्यक्त गरे ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो । 

कार्यक्रममा सहभागीहरूले भारत सरकारको सहयोगले नेपाली विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro