site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धमाधम बनाइँदैछ ओली–दाहालको कार्यालय, कोठामा मदन भण्डारीको मात्रै फोटो राखिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को दुवै केन्द्रीय कार्यालय पेरिसडाँडा र धुम्बाराहीको अनुहार फेरिँदैछ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएपछि पार्टीको नामका साथै कार्यालयको मुहार पनि फेरिन लागेको हो ।

अहिले धमाधम दुवै केन्द्रीय कार्यालयमा ‘रिनोभेसन’ को काम भइरहेको छ । ने क पा नेताहरु विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, श्रीराम ढकाल र प्रल्हाद बुढाथोकीको नेतृत्वमा काम जारी छ । 

पहिले एमालेको मुख्यालय रहेको धुम्बाराहीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठका लागि छुट्टै नयाँ कोठा र कुर्सीहरु थपिएका छन् । त्यसैगरी सचिवालय सदस्यहरुका लागि पनि छुट्टाछुट्टै कोठा बन्दैछन् । सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, ईश्वर पोखरेल र वामदेव गौतमका लागि छुट्टै कार्यकक्ष बनाइन लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी यसअघि माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडामा पनि पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेलका लागि नयाँ कोठा र कुर्सीको व्यवस्था मिलाइएको छ । धुम्बाराही र पेरिसडाँडाको दुवै कार्यालयमा पार्टी अध्यक्ष, महासचिव र प्रवक्ताका लागि कोठा छुट्टै छन् । 

कार्यालय प्रमुख प्रल्हाद बुढाथोकीका अनुसार धुम्बाराहीबाट पार्टीको सचिवालयको काम हुनेछ भने पेरिसडाँडामा विभायीय काम हुनेछ ।

Global Ime bank

दाहाल र ओलीको कोठामा मदन भण्डारीको मात्रै फोटो
नेकपा एमाले र माओवादी केन्द्रको एकता घोषणाअघि लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रममा लेनिनको तस्बिर नराखिएको भन्दै विवाद भएको थियो । नेताहरुबीच भनाभनसमेत भयो । त्यसपछि पार्टी एकतामै आशंका थपिएको थियो । तर, पार्टी एकतापछि नयाँ बन्ने कार्यालयमा दुवै अध्यक्षको कोठामा मदन भण्डारीको मात्रै तस्बिर राखिने भएको छ । पार्टीका दुवै केन्द्रीय कार्यालयमा रहने दुवै अध्यक्षको कोठामा तत्कालिन एमालेका महासचिव मदन भण्डारीको फोटो राखिसकिएको छ । 

धुम्बाराहीका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, “अहिले काम भइरहेको छ । शुक्रबारसम्ममा सबै काम सकिन्छ । दुवै अध्यक्षको कोठाको भित्तामा मदन भण्डारीको फोटो राखिन्छ । रंग र कार्पेट पनि एउटै हुन्छ । दुवै अध्यक्ष समान हुन् । हाम्रा पार्टीका सबै नेता र कार्यकर्ता पनि समान हुन् ।”

यसअघि तत्कालिन माओवादीका अध्यक्ष दाहालको कार्यकक्षमा एङ्गेल्स, लेनिन, माओ, स्टालिन तथा माक्र्सको फोटो राखिएको थियो । 

कार्यालय गएका छैनन् अध्यक्षद्वय 
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच गएको जेठ ३ गते एकता भएयता अध्यक्षद्वय पार्टी कार्यालय गएकै छैनन् । दुवै अध्यक्ष कार्यालय निरीक्षणका लागि भन्दै एकपटक भने धुम्बाराही र पेरिसडाँडा पुगेका थिए । 

पेरिसडाँडाका कार्यालय प्रमुख बुढाथोकीले भने, “ठूलो पार्टीको दुईवटा केन्द्रीय कार्यालय छ । पार्टी एकता भएपछि जम्मा दुई पटक आउनु भएको छ प्रचण्डजी । उहाँको भेटघाट खुमलटारमै हुन्छ । कार्यालय निर्माणको सम्पूर्ण काम सकिएपछि उहाँहरु आउनुहुन्छ ।“

अन्य नेताहरु भने पार्टीको दुवै कार्यालय जाने गरेका छन् । धुम्बाराही केन्द्रीय कार्यालयका लेखा प्रमुख खेम पौडेलले केन्द्रीय सदस्यहरुको व्यक्तिगन विवरण संकलन गर्ने काम भइरहेको बताए । “धुम्बाराहीबाट हुने कामका लागि सबै नेताहरु आउनुहुन्छ, आइरहनु भएको छ । पेरिसडाँडाबाट हुने काम उतैबाट हुन्छ, यताबाट हुने काम यतैबाट हुन्छ, “पौडेलले भने ।

साइनबोर्ड नफेरिने
एकीकृत पार्टी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाममा दर्ता भएको छ । यसअघि एकता भएकै दिन नेपाल कम्युनिष्ट पार्टीमा अन्डरलाइन गरेर दर्ताका लागि निवेदन दिइएको थियो । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता भए पनि पार्टी कार्यालयको साइनबोर्डमा भने नेपाल कम्युनिष्ट पार्टी मात्रै लेखिएको छ । 
“नाम जुध्ने भएपछि निर्वाचन आयोगमा मात्र नेपाल कम्युनिष्ट पार्टी (ने क पा) राखिएको हो । पार्टी कार्यालयमा भने नेपाल कम्युनिष्ट पार्टी नै रहन्छ,“ कार्यालय सचिव श्रेष्ठले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय