site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधनबाट सबै सस्याको समाधान सम्भव हुँदैन : प्रदीप ज्ञवाली
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै सस्याको समाधान सम्भव नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गरे ।

"सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौँ । संविधान संशोधन सबै चिजको समाधान हुन सक्दैन," ज्ञवालीले भने ।

उनले संविधान निर्माणपछि केही महत्त्वपूर्ण उपलब्धि हासिल भएको र मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको बताए । तर, मुलुकमा रहेका धेरै समस्याको समाधान संविधान संशोधनबाट मात्र सम्भव नभएको उनको भनाइ छ ।

"मुलुकमा यावत् समस्या छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबीचमा ठूलो ग्याप छ," उनले भने ।

उपमहासचिव ज्ञवालीले संविधान आफैँमा गतिशील दस्ताबेज भएको बताए । संविधानलाई अधिकतम लचिलो बनाउनुपर्ने तर्क उनको छ । न्युज एजेन्सी नेपालबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro