site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘प्रचण्ड भगवान’ भेट्न आएका मियाँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । विघटित माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा आइतबार दिउँसो शून्य थियो । एकाध कार्यकर्ताहरू यताउता गर्दै थिए। कार्यालय परिसरमै रहेको बकैनाको रुखमुनि एक अधबैंशे शीतलमा बसिरहेका थिए । उनी रहेछन् अर्घाखाँची नगरपालिकाका अवजुदिन मियाँ ।

मियाँले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुको समृद्धिको भाषण धेरै सुने । स्थानीय, प्रदेश र संघको चुनावमा माओवादी केन्द्रलाई भोट हाले । गत असोज १७ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको हल्लाले मियाँ झन् उत्साहित भए । उनी मुलुकको अस्थिर राजनीतिका कारण वाक्कदिक्क भइसकेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

राजनीति स्थिर भएपछि व्यापार व्यवसाय राम्रो होला भनेर मियाँले गाउँमा कृषि फार्म खोल्ने विचार गरे । अनि त्यसका लागि केही सहयोग जुट्छ कि भनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न वैशाख १७ मा काठमाडौं आइपुगे । 

काठमाडौं ओर्लिएको भोलिपल्ट मियाँ पेरिसडाँडा पुगे । माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई प्रचण्डसँग भेट गराइदिन आग्रह गरे । एकजना कार्यालय सहयोगीले नेता टोपबहादुर रायमाझीलाई भेट गराइदिए । टोपबहादुरसँग करिब पौनै घन्टा कुराकानी गरे । तर,  उनको चित्त बुझेन । उनी प्रचण्डलाई नै भेट्न चाहन्थे । 

Global Ime bank

साँझ अबेरसम्म पनि प्रचण्डलाई भेट्न नपाएपछि मियाँ बास बस्न पुरानो बसपार्कतिर लागे । बसपार्क पुग्दा मोवाइल र पैसा लुटिएको पनि पत्तो पाएनन् ।  "वैशाख १७ गते काठमाडौं आइपुगेको हुँम्, १८ गते भगवान प्रचण्डलाई भेट्न आएँ, बेलुका साँझसम्म यहाँ नै बसेँ तर भेट्न सकिनँ । बास बस्न पुरानो बसपार्क गएँ तर बसपार्क पुग्दा त गोजीमा मोबाइल पनि छैन, पैसा पनि छैन," अँध्यारो मुख लगाउँदै मियाले भने । 

काठमाडौंमा खान त के दिसापिसाब गर्न पनि पैसा लाग्छ । गोजीमा पैसा नभएपछि बास र गाँसको खोजीमा मियाँ बिजुलीबजारको पुलमा आइपुगे । त्यहाँ पुलको काम गरिरहेका कामदारसँग आफ्नो दुखेसो पोखे, हजुर, बास बस्न बसपार्क गएको मेरो मोवाइल र पैसा चोरी भयो । काम पाइन्छ कि भनेर यहाँ आएको ।" कामदार हतारमा थिए, उनीहरुले मियाँको कुरालाई बेवास्ता गरे । मियाँले पटक-पटक आग्रह गरेपछि कामदारले उनको कुरा सुने । उनीहरुले काम गर्ने भए महिनाको ६ हजार दिन तयार भए । तर, मियाँ राजी भएनन् । ६ हजारले काठमाडौंमा त चिया पनि खान पुग्दैन भन्ने उनलाई लाग्यो । त्यसपछि उनी विष्णुमतिको किनारामा ढलको काम भइरहेको ठाउँमा पुगे । सोही गुनासो त्यहाँका कामदारलाई सुनाए । कामदारले मियाँलाई सोधे– कति पैसा लिनुहुन्छ ?  दिनको ६ सय पाए हुन्थ्यो हजुर भनेर उनले अनुरोध गरे । त्यो रात मियाँ उनीहरुसँगै सुते र भोलिपल्ट काममा लागे । 

८ दिनपछि मियाँलाई काम गर्न मन लागेन । टेन्टमा बस्दाबस्दा वाक्क भएका मियाँले ठेकेदारसँग घर जाने प्रस्ताव गरे अनि ४८ सय लिएर निस्किए । 

आइतबार फेरि प्रचण्ड भेट्ने आशामा पेरिसडाँडा पुगे । प्रचण्ड पर्खिदै बकैनाको छहारीमा बसेका मियाँले कृषिको कुराहरू सुनाए । "२ वटा भैंसी त हामीले नि पालेका हुम् । अब इन्डियन किसिमको कृषि गर्न सकिन्छ कि भनेर प्रचण्ड भगवानलाई भेट्न आएको । देशैभर कृषि फार्म खोल्ने मेरो लक्ष्य छ । नेताहरुले समृद्धिको कुरा गरिरहनु भएको छ । उहाँहरुको यात्रालाई साथ सक्छु कि भन्ने हामलाई लागेको छ । भगवान रामलाई भेट्न जसरी ऋषिमुनीहरुले तपस्या गरेका थिए, म पनि प्रचण्डसँग भेट हुन्छ भने अझै एक महिना कुर्न पनि तयार छु," मियाँ गफिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय