site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धुम्बाराहीदेखि पेरिसडाँडासम्मको ओली-प्रचण्ड यात्रा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबार दुई फरक पृष्ठभूमिबाट आएका नेकपा एमाले र माओवादी केन्द्रबीच एउटै कम्युनिष्ट पार्टी नेकपामा समाहित भए । पार्टी एकता भएको भोलिपल्ट (शुक्रबार) नेकपाका नेताहरु तत्कालिन एमाले र माओवादी केन्द्रको मुख्य कार्यालय अवलोकनमा निस्किए । 


धुम्बाराहीमा खुल्न नसकेको प्रचण्ड मन
 

तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलगायत तत्कालिन एमालेका नेताहरु केही मिनेट पहिला धुम्बाराही पुगे । प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओली, वामदेव गौतम, विष्णु पौडेल, माधवकुमार नेपाललगायतका नेताहरुले पुष्पगुच्छाले स्वागत गरे । प्रचण्ड धुम्बाराहीमा खुसीभन्दा पनि भावुक देखिन्थे । 

Prabhu Bank
Agni Group
NIC Asia

कहिले ओली अघि कहिले प्रचण्ड

तत्कालिन माओवादी केन्द्रको मुख्य पार्टी कार्यालय अवलोकनका क्रममा प्रचण्डले ओलीलगायत पूर्व एमाले नेताहरुलाई स्वागत गरे । पेरिसडाँडामा पुग्दा भने प्रचण्डको अनुहारमा केही खुसीपन छाएको देखिन्थ्यो । पार्टी कार्यालय अवलोकनका लागि नेताहरु बैठक कक्षदेखि पुस्तकालयसम्म पुगे । 

Global Ime bank

पेरिसडाँडामा १० वर्ष जनयुद्धका सहिदहरुको तस्वीरमा दुवै नेताहरुले माल्यापर्ण गरे । 

ओलीले भने- पहिलाको मार्क्स पढेर मति बिग्रेला ?
 

पेरिसडाँडा अवलोकनका क्रममा नेकपाका शीर्ष नेताहरु पुस्ताकलयलाई बिश्रामको थलो बनाए । उनीहरुले चिया पनि त्यहीँ खाए । पुस्ताकलयभित्र छिर्नेबित्तिकै ओलीको स्वास्थ अवस्थाको कारण केही समय आराम गर्न साथीहरुसँग आग्रह गरे । ओलीको आग्रह सबैले स्वीकार गरे । 

शीर्ष नेताहरु बस्ने बित्तिकै छेउमा रहेका योगेश भट्टराईले कार्ल माक्सको पुस्तक टक्रयाए । पुस्तक पल्टाउँदै ओली भने, -पहिलाको कार्ल मार्क्स पढेर फेरि मति बिग्रेला नि ?'' 

प्रचण्ड बोल्दा-बोल्दै फेरि ओली विगतमा आफूले भनेका तिता नमिठा कुराहरु स्मरण गराउँदै हसाउन थाले, भने- पहिलाको क्यासेटहरु, भिडियो हेर्दा त अहिले हाँसो उठेर आउँछ । प्रचण्डले पनि थप्न भ्याए-"मैले पनि भन्नुसम्म भनेनि ?" पुस्तकालयमा फेरि हाँसोको वर्षा भयो । 

विगतमा एकअर्कोप्रति खरो रुपमा प्रस्तुत हुने ओली-दाहाल पेरिस डाँडामा कमीकजोरीलाई सच्चाएर अगाडि बढ्न आतुर देखिन्थे ।

पेरिसडाँडाको भवनमा २ वटा तला थप्ने प्रचण्ड इच्छा
 

एकीकृत पार्टीको घोषणापछि पूर्व माओवादी केन्द्रको मुख्य कार्यालय पेरिसडाँडालाई नै नेपकाको मुख्य कार्यालय बनाउने नेताहरुले निर्णय गरेका छन् ।

शुक्रबार अवलोकनका क्रममा ओली समक्ष प्रचण्डले अझै २ वटा तला थप्ने इच्छा व्यक्त गरे । ओलीलाई पछि-पछि लगाउँदै प्रचण्डले भने- हाम्रो भवन हाइटमा छ, अझै २ वटा तला थप्न पाए त काठमाडौं सबै देखिन्थ्यो । ओलीले जवाफमा विचार गरौंला नि आफ्नै त हो भने । प्रचण्डसँगै हिडेका पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई भवनको सबैभन्दा माथिल्लो भागमा चढेर हेर्दा सबै काठमाडौं देखिने बताए । नाराणकाजीको प्रश्न टुङगिन नपाउँदै ओलीले ठट्टा गर्दै भने- मैले २०२७ सालदेखि काठमाडौं देखेको छु, यहाँभन्दा पनि कति हेर्ने ? ।"
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५  ०५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय