site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहाँ छ गोरेले भित्र्याएको ३३ किलो सुन ? गोरे पक्राउ नपर्दा राजनीतिक संलग्नता पुष्टि गर्न गाह्रो
SkywellSkywell

काठमाडौं । गत माघ ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चुडामणि उप्रेती ‘गोेरे’ले भित्र्याएको भनिएको ३३ किलो सुन अझै पत्ता लागेको छैन । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितिले अनुसन्धान जारी राखेको छ । पक्राउ परेका २९ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा बहस जारी छ । तर, दुबईबाट आएको भनिएको ३३ किलो सुन कहाँ छ भन्ने आमचासो छ ।

हराएको भनिएको तस्करीको ३३ किलो सुन नभेटिँदा अदालतमा जारी मुद्दा कमजोर पर्छ कि भन्ने विश्लेषण पनि हुँदै आएको छ । ३३ किलो सुन प्रकरणसँगै जोडिएका उप्रेतीका लेखा सहयोगी सनम शाक्यको हत्यासँगै विमानस्थलका कर्मचारी प्रेमनारायण चौधरीले प्रहरी हिसासतमै आत्महत्या गरे । थाई एयरवेजका कर्मचारी सानु वनको दुर्घटनामा भएको मृत्युलाई पनि सुन प्रकरणसँगै जोडेर हेरिएको छ । अनुसन्धान समितिका एक सदस्यका अनुसार हराएको भनिएको ३३ किलो सुनको नजिक अनुसन्धान पुगिसकेको छ । ती सदस्यले भने, “हराएको सुन कसले किने, कसले लगे भन्ने सूचनासम्म आइसकेको छ । ढिलोचाँडो प्रमाणसहितको तथ्य बाहिर ल्याउँछौं ।” 

प्रहरीले सुन प्रकरणमा भुजुङ गुरुङका चालक लक्षुबहादुर गुरुङलाई पक्राउ गरेको छ । लक्षुलगायतको समूहले सुन गायब पारेको बताइएको छ । पक्राउ परेका लक्षुले सुन कसलाई बेचियो भन्नेसम्मको बयान अनुसन्धान समितिलाई दिएको समितिका एक सदस्यले बताए । लक्षुमाथि अनुसन्धान जारी छ । 

KFC Island Ad
NIC Asia

गृहको अनुसन्धान समितिले गोरेकै योजनामा ३८ सय किलो सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ । नेपालमा ०७२ को भूकम्पपछि गोरेको सुन तस्करी फस्टाएको समितिले दाबी गरेको छ । २०७२ पछि त्रिभुवन विमानस्थलमा कार्यरत पूर्व र बहालबाला प्रहरी अधिकारीमाथि पनि मोरङ अदालतमा मुद्दा चलिरहेको छ । 

हुण्डी र सुनमा लगानी गर्नेको खोजी
चुडामणि उप्रेतीलाई रेडकर्नर नोटिस जारी गरेर खोजी कार्य जारी छ । समितिका सदस्यका अनुसार एक चरणको अनुसन्धानपछि अहिले समिति दोस्रो चरणको अनुसन्धानमा छ । यो अनुसन्धानमा विभिन्न निकायको सहयोग लिइएको छ । अहिले समितिले हुण्डीवाला र सुनमा लगानी गर्नेहरुको कनेक्सन खोतलिरहेको ती सदस्यले बताए ।

Royal Enfield Island Ad

उनका अनुसार अवैध सुन तस्करीमा केही चर्चित व्यापारीलगायतको संग्लनता देखिएको छ । अहिले समितिको मुख्य काम भनेकै गोरेलगायत फरार अभियुक्तहरुको खोजी, हुण्डीवाल र सुनमा लगानी गर्नेहरुकै भएको उनले बताए । 

मध्यरातसम्म समिति काममा, म्याद थप्ने तयारी
गृहका सहसचिव पौडेल नेतृत्वको समितिको म्याद जेठ ४ गते सकिँदैछ । गत सातामात्रै प्रधानमन्त्री र गृहमन्त्रीले बालुवाटारमै बोलाएर समितिलाई घटनाको अनुसन्धानमा पूर्ण सहयोग रहेको बताउँदै म्याद थप गर्नसक्ने बताएका थिए । समितिका सदस्यहरुले बालुवाटारमा मध्यरातसम्म प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, आइजीपीलगायतलाई ३३ किलो सुनसँगै गोरेले आजसम्म भित्र्याएको सुनको नालीबेली सुनाएका थिए । अनुसन्धान जारी रहेको र अझै केही समय लाग्ने समितिको मागपछि प्रधानमन्त्री र गृहमन्त्री म्याद थप गर्न राजी भएका हुन् ।

समितिको म्याद २० दिन अझै थपिनसक्ने ती सदस्यले बताए । समितिले बिदाका दिन पनि अनुसन्धान जारी राखेको छ । समितिले प्रत्येक दिन बिहान ८ बजेदेखि राती ११–१२ बजेसम्म काम गरिरहेको बताइएको छ । 

समितिका सदस्यका अनुसार प्रत्येक दिन बिहान सबैलाई काम र जिम्मेवारी बाँडफाँड गरिन्छ । त्यसपछि त्यसको प्रगति रिर्पोटिङ, कसलाई समात्नेलगायतका विषयमा छलफल हुन्छ । 

गोरे पक्राउ नपर्दा राजनीतिक संग्लनता पुष्टि गर्न गाह्रो
समितिका एक सदस्यका अनुसार मुख्य तस्कर भनिएका चुडामणि उप्रती ‘गोरे’ फरार छन् । समितिको पहिलो खोजीमा पनि गोरे नै छन् । यस्तोमा गोरे पक्राउ नपर्दासम्म अनुसन्धान पूर्ण नहुने उनले बताए ।

“कैयौं प्रमाण पत्ता लगाए पनि गोरे नसमातिदासम्म सबै कुरा बाहिर आउन गाह्रो छ,” ती सदस्यले भने । उनका अनुसार ३३ किलो सुन प्रकरणमा राजनीतिक नेताहरुको संलग्नताको चर्चा भए पनि ‘गोरे’ पक्राउ नपर्दा राजनीतिक संग्लनता पुष्टि गर्न गाह्रो छ । अनुसन्धानका क्रममा हालसम्म राजनीतिक नेताको संग्लनता नदेखिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro