site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी बैठकमा ओलीको ट्वीटप्रति आपत्ति, प्रचण्डलाई प्रश्न– पार्टी एकता हुन्छ कि हुँदैन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटप्रति माओवादी केन्द्रका नेताहरुले आपत्ति जनाएका छन् । मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सोमबार गरेको ट्वीटले पार्टी एकतामा नराम्रो सन्देश ल्याएको भन्दै ध्यानाकर्षण गराएका थिए । बैठकमा नेताहरुले पार्टी अध्यक्ष दाहाललाई पार्टी एकता हुन्छ कि हुँदैन भनेर प्रश्नसमेत गरेका थिए ।

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष दाहालले ट्वीटको बारेमा आजै प्रधानमन्त्री ओलीलाई भेटेर कुरा राख्ने बताएका थिए । दाहालले पार्टी एकता अन्तिम मोडमा पुगेको बताउँदै एकता घोषणाको मिति तोक्नमात्र बाँकी रहेकाले नेताहरुलाई विश्वस्त हुन आग्रह समेत गरेका थिए । 

बैठकमा सहभागी माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतले बाह्रखरीसँग भने, “बैठकमा पार्टी अध्यक्ष प्रचण्डलाई नेताहरुले बजेट, पार्टी एकता र ओलीको ट्वीटको बारेमा जिज्ञाशा राख्नुभएको थियो । नेताहरुले अध्यक्षलाई पार्टी एकता हुने हो की होइन भनेर प्रश्न गर्नुभएको थियो । सोमबार प्रधानमन्त्रीले गरेको ट्टीटको विषयमा पनि हामीले अध्यक्षलाई ध्यानाकर्षण गराएका थियौं । प्रधानमन्त्रीले त्यो कुरा बोल्न हुँदैनथ्यो । समीकरण बदल्न बानी परेकाहरु भन्दा कसलाई भन्न खोजेको प्रष्ट हुन्छ । ओलीले प्रचण्डलाई नै समीकरण बदल्न बानि परेको भन्नुभएको हो ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

बस्नेतले थपे, “ओलीजी आफू प्रधानमन्त्री हुनुहुन्छ । राष्ट्रपति आफैले छानेको मान्छे बनाउनु भएको छ । योभन्दा बढी मात्तिने हो भने के हुन्छ भोलि ? ओलीजीले यस्तै कुरा गर्दै जाने हो भने, केही कुरा पचाउन नसक्ने हो भने, यो देशको नेतृत्व कसरी गर्नुहुन्छ ? प्रचण्डले पनि त पचाउन नसक्ने कुरा पचाउनु भएको छ । उहाँलाई पनि त भन्न लागेको होला ।”

सोमबार प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै समीकरण बदल्न बानी परेको आरोप लगाएका थिए । ओलीले ट्वीटरमा लेखेका थिए,  “हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं ।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ। लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखा पर्छ, किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।”

महाधिवेशनपछि प्रचण्ड चिन्ता

एमाले र माओवादी केन्द्रबीच एकताको लागि अहिले प्रचण्ड व्यवस्थापन, केन्द्रीय समिति बाँडफाँट, जनयुद्ध र चुनाव चिन्हको बारेमा एकता अड्किएको छ । दुई दलबीच कुनै ठोस सहमति भएको छैन ।

एमाले र माओवादीबीच अहिले पार्टीको दुवै अध्यक्ष रहने सहमति भएको बताइएको छ । प्रधानमन्त्री आलोपालोको विषयमा कुनै सहमति बनेको छैन । 

संसदीय दलको बैठकमा एमालेकै कारण पार्टी एकता ढिलो भएको नेताहरुले बताएका थिए । “पार्टी एकता गर्ने भनेको समानताको आधारमा  हो, न्यायको आधारमा गर्ने हो । राष्ट्रको लागि योगदान नभएको भए पार्टी एकता गर्ने अवस्थामा हामी आउँदैनथ्यौं,” माओवादी केन्द्रका एक नेताले भने, “एउटा अध्यक्ष अर्को प्रधानमन्त्री बनेको भए पार्टी एकता लम्बिने थिएन । एमालेकै कारण एकता लम्बियो । प्रचण्डले अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष खोज्नु भएको होइन । महाधिवेशन पछाडि के गर्ने भन्नेमात्र हो । महाधिवेशनपछि प्रचण्ड कि प्रधानमन्त्री कि पार्टी अध्यक्ष हुनुपर्छ भन्ने हामीले माग राखेका छौं । प्रचण्डजीलाई पनि त्यही सुझाव दिएका छौं ।”

प्रचण्ड २ वर्षपछि प्रधानमन्त्री हुने विषय फाइनल नभएको पनि उनले बताए । “बाहिर आएको विषय फाइनल भएको छैन । एकता संयोजन समितिले मात्र गरेको हो । दुई अध्यक्षले फाइनल गरेपछि मात्र फाइनल हुने हो,” उनले भने ।
। 

‘जनयुद्ध लत्याएर जबज राख्न खोजियो’ 

पार्टी एकताका लागि एमाले र माओवादीबीच, एकीकृत पार्टीको अध्यक्ष, चुनाव चिन्ह र जनयुद्ध शब्द महाधिवेशनमा टुङ्याउने सहमति भएको छ । महाधिवेशनमा जनयुद्ध शब्द टुङ्गाउने सहमति भए पनि पार्टी बैठकमा माओवादी नेताहरुले जनयुद्धले ल्याएका परिवर्तनहरुलाई तोडमोड गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

माओवादी केन्द्रका नेता बस्नेतले एमालेले जनयुद्ध शब्द तोडमोड गर्न खोजेको आरोप लगाए । “अहिले यहाँसम्म नेपाल कसरी आइपुग्यो ? जनयुद्धले ल्याएको परिवर्तनका एजेन्डाहरुलाई जनताको बहुदलीय जनवादले ल्याएको भन्ने जनतामा भान पारिँदैछ । नेपाल यहाँसम्म माओवादीको जनयुद्धले ल्याएको हो कि जनताको बहुदलिय जनवादले ? गणतन्त्र ल्याउनलाई सजिलो थियो र ? त्यसैले जनयुद्धलाई तोडमोड नगर्न हामीले एमाले साथीहरुलाई आग्रहसमेत गरेका छौं,” बस्नेतले भने ।

आजको बैठकमा हिजो छुटेका सांसदहरु र उद्योगमन्त्री मातृका यादव तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आफ्नो कुरा राखेका थिए । मन्त्री र सांसदहरुले नयाँ बजेट सिलिङ घटेको बताउँदै संघीयतामा आधारित भएको पार्टी अध्यक्ष प्रचण्डलाई रिपोर्टिङ गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro