site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फोरम र नयाँ शक्तिलाई पनि एकतामा ल्याउन एमाले/माओवादी प्रयास, प्रयोगमात्रै गर्न खोजेको नयाँ शक्तिको आरोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको एकता प्रक्रिया निष्कर्षमा नपुगेपछि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाललाई एमाले र माओवादी केन्द्रले बृहत एकताका लागि आग्रह गरेका छन् ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसँग छुट्टाछुट्टै बैठक गरेको स्रोतले जानकारी दिएको छ ।
तर यसलाई दुवै पार्टीका नेताहरुले अस्वीकार गरिसकेको जनाएका छन् ।

पार्टी एकता प्रक्रियामा भागबण्डाकै विवादमा रहेका दुई पार्टी एमाले र माओवादीले आफूहरुको एकता प्रक्रियामा सहभागी गराउन दुवै पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई पार्टीलाई पनि एकता प्रक्रियामा सहभागी गराएर केन्द्रीय समितिको आकार ठुलो बनाउने तयारी एमाले र माओवादीको भएको नयाँ शक्तिका नेताहरुको प्रतिक्रिया छ ।

नयाँ शक्तिका नेता गंगा नारायण श्रेष्ठले पार्टी एकताको लागि एमाले र माओवादीहरुले आफूहरुलाई आग्रह गरेको बताए ।

Global Ime bank

“माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रो पार्टीका संयोजक बाबुराम भट्टराईलाई छुट्टाछुट्टै भेट गरी एमाले र माओवादीको एकता हुनुअघि नै एकताका लागि आग्रह गर्नुभएको थियो,” उनले भने, “उहाँहरुले सङ्ख्यात्मक हिसाबले आफ्नो पार्टी ठुलो बनाउने मात्रै उद्देश्य राखेको देखियो । पार्टी एकता त्यति सानो छलफलले हुने कुरा होइन । त्यसैले हामी कुनै पनि पार्टीमा मिसिन नजाने निर्णयमा पुगेका हौं ।”

“नयाँ समाजवादी केन्द्र बनाउने हाम्रो लक्ष्य हो । तेस्रो ध्रव बनाउने बाहेक अर्को कुनै हाम्रो सपना छैन,” उनले भने, “हामी अहिले अरु पार्टीसँग विलय हुन जाँदैनौं । उहाँहरुले एकताको पहल गर्नु भावनात्क कुरा मात्र हो । व्यवहारमा लागु गर्दैनन् । नयाँ समाजवादी केन्द्र बनाउन उहाँहरु तयार हो भने एकता हुनुभन्दा अगाडि किन पहिला आफ्नो पार्टीमा आउनुहोस् भन्नु भो ? उहाँहरु अझै समाजवादी केन्द्र बनाउने पक्षमा हुनुहुन्न ।”

नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुलाई माओवादी केन्द्रमा फर्कन आग्रह गरेको बताइन् । 

“प्रचण्डजीले आउनुहोस् सँगै मिलेर अघि बढौं, हामी जनयुद्धको एजेन्डालाई मर्न दिँदैनौं भन्नु भएको थियो,” यमीले बाह्रखरीसँगको कुराकानीमा भनिन्, “नयाँ शक्ति कुनै पार्टीसँग बिलय हुन जाँदैन ।”
नयाँ शक्ति पार्टीले आइतबार विज्ञप्ति जारी गर्दै कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेको छ ।

“नयाँ शक्ति पार्टी, नेपाल निश्चित युगिन वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक आधारमा निर्माण भएको पार्टी हो । ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’लगायत ‘५ स’ मा आधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानी पुग्ने गरी नयाँ शक्ति पार्टी, नेपाल कुनै प्रकारको ध्रुविकरण, एकता वा विलयको प्रक्रियामा सामेल हुनेछैन,” विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्रका नेता मणि थापाले पनि एकताको लागि अविश्वास र केन्द्रीय कमिटीमा भागबण्डामा समस्या आएपछि एमाले र माओवादीले नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालसँग वार्ता थालेको बताए ।

“पार्टी एकताको लागि अविश्वास र भागवण्डामा कुरा अड्किएपछि ओली र प्रचण्ड दुवैले उपेन्द्र र बाबुरामजीलाई भेट्नुभएको हो । प्रचण्डले मात्रै भेट्नुभएको होइन । उहाँहरुले सबैलाई एकीकृत गरेर लैजाने सोचका साथ वार्ता अगाडि बढाउनुभएको हो,” उनले भने ।
उनले तत्काल नयाँ शक्ति, फोरम र माओवादी केन्द्रबीचको एकता सम्भव नभएको पनि बताए । 

नयाँ शक्तिले भने यसलाई आफूहरुलाई प्रयोग गर्न मात्र लागिएको आरोप लगाएको छ ।

“हामीलाई एमाले र माओवादीबाट एकताको प्रस्ताव आएको थियो । यदी हामीलाई उनीहरुले मिलाएर लैजान चाहन्थे भने चुनावकै बेलामा टिकट वितरणमा विवाद हुँदैनथ्यो । आफ्नो स्वार्थ पूर्तिकाको लागि मात्रै हामीसँग कुरा गरेका हुन्,” एक सदस्यले भने ।
फोरम नेपालका अध्यक्ष यादवले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटवार्ता चियागफमा मात्र सीमित हुने गरेको बताए । 

“बेला बेलामा हाम्रो कुराकानी भइरहन्छ,” यादवले भने, “सामान्य हालखबर मात्र सोध्ने काम हुन्छ । अहिले जुन बाहिर प्रचार गरिएजस्तो पार्टी एकताकै लागि होइन । एकता गर्नलाई त विचार सिद्धान्त मिल्नुपर्यो नि । विचार सिद्धान्त मिलेको खण्डमा हामी कार्यगत एकता गर्न तयार छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०७५  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय