site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । यात्रुबाट मनपरि भाडा असुल्ने, मिटर विगार्ने, बढी रकम उठाउने, मिटरमा हिँड्न नमान्ने, भनेको ठाउँमा जान नमान्ने करिब ३५ सय ट्याक्सी चालकलाई प्रहरीले पछिल्लो चार महिनामा कारबाही गरेको छ ।
प्रहरीका अनुसार काठमाडौंमा ९ हजार ट्याक्सी गुड्छन् । सुधार अभियान थालेको चार महिनाभित्र ३५ सय बढी चालकलाई कारवाही गरिसकेको प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक महाशाखाले वैशाख ८ गते देखि अभियान नै चलाएर यात्रुलाई ठगी गर्ने चालकलाई कारवाही गरेको हो ।
“एकमहिनाभित्रमा हामी मिटरविना चल्दैनौं भन्नेगरी हामीले चालकलाई सचेतना अभियान पनि अघि बढाएका छौं,” महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालले भने,“४ महिनामा करिब ३० प्रतिशत ट्याक्सीलाई हामीले नियन्त्रणमा लिएर सचेत गराएको छौं । यो पहिलो चरण हो ।” यात्रुको भेषमा ट्राफिक प्रहरीले ट्याक्सी चालकलाई कारबाही गरेको भन्दै ट्याक्सी व्यवसायीले मन्त्रीदेखि सडक विभागका निर्देशकसम्मलाई समेत प्रहरी अभियान हटाउन दबाब दिएको प्रहरीले जनाएको छ ।
“ट्याक्सी व्यवसायीहरु प्रहरीले दुख दिएको भन्दै महाशाखा आएका थिए,” प्रहरीका एक अधिकारीले भने,“ट्राफिकको ज्यादती बन्द गर्नुपर्यो भन्दै उनीहरुले डीआईजी अर्याललाई ज्ञापनपत्र बुझाउने भन्दै थिए । हामीले प्रहरीको काम ज्ञापन पत्र बुझ्ने हैन । हामी कानून कार्यान्वयन गराउने निकाय हो भन्दै फर्काइदियौं ।”
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७३  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro