site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
गाडी नचलाउने व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन 
SkywellSkywell

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । 

निर्देशनलगत्तै बुटबलबाट पश्चिम नेपाल बस व्यवसायी समितिका महासचिव जीवन बञ्जाडे र पदाधिकारी पदम गाहामगर पक्राउ परेका छन् ।  रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।
यस्तो सेवा प्रभावित गर्नेलाई ६ महिना कैद र २ सय जरिबाना हुन सक्नेछ ।  गृहमन्त्री थापाले शुक्रबार बिहान गृहसचिवमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएका थिए ।

गृहमन्त्री थापाले गृहसचिवमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका हुन् ।
यातायात व्यवसायीले सरकारले जारी गरेको निर्देशिका खारेजको माग गर्दै करिब साढे २ लाख सार्वजनिक सवारी साधन आज बन्द गरेका छन् ।

Dabur Nepal
NIC Asia

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध रहेका करिब २ लाख ५० हजार सार्वजनिक सवारीसाधन बसपार्क र ग्यारेजमा थन्क्याइएको भए पनि कम्पनीमा दर्ता भएका सवारी साधन भने निर्वाध रुपमा चलेका छन् ।
यातायात व्यवस्था विभागले हालै जारी गरेको निर्देशिका खारेजको माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आफूहरुको माग पूरा नगरे २६ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरेर २७ गतेदेखि अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् ।
“हामीले आज २ लाख ५० हजार गाडी ग्यारेजमा थन्क्याएका छौं,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले बाह्रखरीसँग कुरा गर्दै भने, “हामीले यात्रुलाई अवरोध गरेका छैनौं । हामीले हाम्रा गाडी ग्यारेजमा थन्क्याएका मात्र हौं । हाम्रो कुरा सरकारले सुनेन भने हामी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछौं ।”

व्यवसायीले २० वर्षे गाडी बन्द गर्ने सरकारको निर्णय उचित नभएको भन्दै २० वर्ष पुराना गाडी पनि अवस्था हेरेर मात्रै चल्न दिने निर्णय गर्न माग गरेका छन् ।

सार्वजनिक सवारी नचल्दा देशभर यात्रुको बिचल्ली भएको छ । कम्पनीमा रहेका गाडीले देशभर सुविधा प्रदान गर्न नसक्ने भएकाले पनि यात्रुको बिचल्ली परेको हो । यातायात व्यवसायीले बिहीबार बेलुकादेखि नै आफ्ना सवारीसाधन थन्क्याएका छन् ।
यता कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीका सवारीसाधन भने सञ्चालनमा छन् ।

मयुर यातायात प्रालीका म्यानेजर मोहन श्रेष्ठले आफुहरुका २४ वटै गाडी पाँचखाल भकुन्डेबेसी, थानकोट र धुलिखेलसम्म सञ्चालनमा रहेको जानकारी दिए ।

उनले बिहानैदेखि सञ्चालनमा आएको जानकारी दिए ।  अन्य कम्पनीमा रहेका सवारी साधन पनि सञ्चालनमा आएका छन् ।

कम्पनीमा दर्ता भएका सबैजसो सवारी साधन सडकमा निस्किएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभाग स्रोतका अनुसार समितिमा रहेका कम्पनीमा दर्ता नभएका र ग्यारेजमा थन्क्याउने समितिमा रहेका गाडीको रुट परमिट खारेज गर्ने तयारी छ । केहीको तत्कालै रुट खारेज गर्ने तयारी छ ।
व्यवसायीको विरोधमा सहरी यातायात, सिटी यातायात, न्यु घले ट्राभल्स, कार्यविनायक, ओरेन्ज यातायात प्राली, सुहान एक्सप्रेस, हलेसी दर्शन, टुरिष्ट चक्रपथ, कान्तिपुर लगायतका सवारी साधनले सेवा दिइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro