site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३३ किलो सुन प्रकरण : दोस्रो चरणको अनुसन्धान सुरू, ‘गोरेको राजनीतिक सम्बन्ध’ खोजिँदै
SkywellSkywell

काठमाडौं । ३३ किलो सुन प्रकरणको पहिलो चरणको अनुसन्धान सकेर मुद्दा मोरङ जिल्ला अदालतमा दर्ता भएपछि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको विशेष समितिले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।

गायब भएको भनिएको ३३ किलो सुन तस्करी, सनम शाक्यसहित तीन जनाको मृत्यु प्रकरणमा समितिले पहिलो चरणको अनुसन्धान सकेपछि मुद्दा दायर गरिएको थियो ।

६३ जनाविरुद्धको मुद्दा अहिले मोरङ जिल्ला अदालतमा चलिरहेको छ । मुद्दाको सुनुवाई सुरु भएको छ । पहिलो चरणको अनुसन्धानबाट दोषी देखिएका अपराध महाशाखाका एसएसपी दिवेश लोहनीसहित २९ जनालाई मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने बाँकीलाई फरार भन्दै मुद्दा दर्ता गरिएको थियो ।

KFC Island Ad
NIC Asia

फरार चुडामणि उप्रेती ‘गोरे’लाई सुन तस्करको मुख्य नाइके बनाएर अदालतमा गएको मुद्दाबारे अहिले जिल्ला अदालतमा बयान लिने काम भइरहेको छ ।

प्रहरीले गोरेसहित ३४ लाई फरारको सूचीमा राखेको छ । बयानपछि उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गर्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश अदालतबाट हुनेछ । गत माघ ९ गते युएईबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिएकोे ३३ किलो सुन हराएको भन्दै गोरेले नै प्रहरीलाई सूचना दिएका थिए । त्यही घटनासँग जोडेर गोरेका पूर्व लेखा सहयोगी सनम शाक्यको फागुन १८ मा हत्या भएको थियो ।

Royal Enfield Island Ad

सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाएर बहालवाला एसएसपी, पूर्वडीआईजी, बहालवाला एसपी र डीएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएसँगै छानविन समितिले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।

गृह मन्त्रालयले बनाएको विशेष समितिका एक सदस्यले बाह्रखरीसँगको कुराकानीमा आफूहरु दोस्रो चरणको अनुसन्धानमा प्रवेश गरिसकेको जानकारी दिए ।

उनले अब गोरेको राजनीतिक सम्बन्धका बारेमा अनुसन्धान गरिने जनाएको छ । दोस्रो चरणको अनुसन्धान गोरेदेखि राजनीतिक दलका नेतासम्म केन्द्रित हुने स्रोतले जानकारी दिएको छ ।

छानबिन समितिका ती सदस्यले बाह्रखरीसँगको कुराकानीमा भने– हामीले पहिलो चरणको अनुसन्धान टुङग्याएर दोस्रो चरणको अनुसन्धान सुरु गरिसकेका छौं । अब गोरेको खोजीदेखि उनको राजनीतिक कनेन्कसन, आर्थिक लेनदेन, रकम ओसार्ने बाटो लगायतमा अब हामी केन्द्रित हुनेछौं । अहिलेसम्मको अनुसन्धानले गोरेको साँठगाँठ अरु कसैसँग हुने गरेको आशंका छ ।”

उनका अनुसार अब हुन्डीको कारोबारी, प्रहरीका पूर्व विशिष्ट अधिकारी लगायत पनि अनुसन्धानको घेरामा आउन सक्छन् । उनले आफुहरुले गरेको अनुसन्धानले प्रहरीभित्र रहेको फोहर भंगालो सफा भएको र अब अन्य क्षेत्रका तस्करहरुको पनि पर्दाफास हुने उनको दाबी छ ।

“प्रधानमन्त्री र गृहमन्त्रीले नै हामीलाई बाहिर केही पनि नबोल्न भन्नुभएको छ, हामीले पत्रकार सम्मेलन गरेको दिनमा अझै धेरै कुरा बाहिर आउनेछ,” ती सदस्यले बाह्रखरीसँग भने, । उनले कतिपय पूर्व प्रहरी अधिकारीहरुले अदालतमा प्रवेश गरिसकेको विषयमा पनि प्रश्न उठाएको भन्दै आपत्ति जनाए ।

उनले समितिले गरेको निष्पक्ष छानबिनमा आशंका नगर्न पनि अनुरोध गरे । ३३ किलो सुन प्रकरण कसरी बाहिर सार्वजनिक भयो ?

३३ किलो सुन र सनम हत्या प्रकरणमा मुख्य अभियुक्त गोरे, एसएसपी श्याम खत्री लगायत ३४ जना अझै पनि फरारको सूचीमा छन् । ३३ किलो सुन विमानस्थलबाट बाहिरिएर हराएपनि गोरेको समुहले आफ्ना पूर्वकर्मचारी सनम शाक्यलाई समाते । सनमलाई यातना दिँदादिँदै फागुन १८ मा उनको मृत्यु भएपछि गोरेले घटना मिलाउन महानगरीय अपराध महाशाखाका सइ बालकृष्ण सञ्जेललाई खबर गरे । त्यसछि अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले डिएसपी प्रतिज केसी र सइ सञ्जेललाई विराटनगर पठाएका थिए ।

तर यो कुरा उनले आफ्नो उपल्लो निकाय महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई जानकारी नगराएको भन्दै उनीमाथि नै अनुसन्धान सुरु गरिएको थियो ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro