site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विश्वासको मत फिर्ता लिने राजपा तयारी, फोरम भन्छ– सम्झौता भए एक मिनेटमा मन्त्रीको नाम दिन्छौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले मधेसवादी दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको धेरै समय भइसक्यो । तर, यसले मूर्त रुप पाउन सकेको छैन ।  

उपेन्द्र यादव नेतृत्वको फोरम र सरकारबीच मन्त्रालय भागवन्डामा कुरा मिलेको छैन । पछिल्लो केही महिनायता र वार्ता समेत हुन सकिरहेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

राजेन्द्र महतो नेतृत्वको राजपा र सरकारबीच भने संविधान संशोधनको विषयमा असहमति छ । राजपा नेपालले सरकारसँग मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, आफ्ना कार्यकर्तालाई लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राखेको छ । 

फोरम अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकारमा सहभागी हुने अनिश्चित भएको बताए । “हामीले पहिलेदेखि नै कुरा मिल्यो भनेमात्र सरकारमा जान्छौं भनिरहेका थियौं । सरकारसँग कुनै ठोस सहमति भएको छैन । संविधान संशोधनको विषयमै कुरा मिलेको छैन । सरकारसँग संविधान संशोधनको विषयमा कुरा मिलेको भए कुरा अगाडि बढ्थ्यो,” यादवले भने । 

Global Ime bank

अध्यक्ष यादवले सरकार आफूहरुबीच मन्त्रालय भागवन्डामा पनि कुरा नमिलेको स्पष्ट पारे । “मन्त्रालय भागवन्डाको कुरा पनि मिलेको छैन । सरकारमा सहभागी भइसकेपछि हाम्रो भूमिका के हुन्छ  भन्ने विषय पनि छ,” यादवले भने । सम्झौता भएको एक मिनेटमा सरकारलाई मन्त्रीहरुको नाम दिने उनले दाबी गरे । “फोरमको आन्तरिक कारणले सरकारमा सहभागी भएन भन्ने कुरा छ, त्यो कुरा गलत हो । पहिला राजनीतिक सम्झौता गरौं, अनि हेरौं न,” यादवले भने । सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नगर्ने उनले बताए । 

राजपा नेपालले भने सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने मनस्थिति बनाएको छ । राजपा महामन्त्री मनिष सुमनले सरकारले आफूहरुलाई वेवास्ता गरेको भन्दै विश्वासको मत फिर्ता लिने तयारी गरेको जानकारी दिए । “हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका छौं । त्यसको लागि राजनीतिक समितिको बैठक छिट्टै डाक्दैछौं । हामीलाई अहिले आएर धोका महसुस भइरहेको छ,” सुमनले भने । १० दिनभित्रै समर्थन फिर्ता लिने उनले बताए ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत फागुन २७ गते राजपाका १७ प्रतिनिधिसभा सांसदले विश्वासको मत दिएका थिए ।

सरकारले भने मधेसवादी दलहरुसँग निरन्तर संवाद भएको भन्दै वार्ता नटुटेको बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले सरकार र मधेसवादी दलबीचको वार्ता छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । “फोरमले पहिल नै प्याक भएको मन्त्रालय माग्यो, जुन मन्त्रालयमा एमाले र माओवादीका नेताहरु मन्त्री छन् । संविधान संशोधनमा कुनै समस्या छैन । मन्त्रालय भागवन्डामा पनि कुरा मिल्छ, कुनै समस्या छैन । समस्या उहाँहरुभित्रै छ,” अर्यालले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०७५  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय