site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दीको बदनाम ! प्रहरीभित्रका चर्चित चार काण्ड
SkywellSkywell

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारी बेलाबेला विभिन्न काण्डमा आफैं फसेका छन् । कुनै घटनामा उनीहरु निर्दोष पनि सावित भएका छन् भने कयौं घटनामा प्रहरी नै जेल गएका छन् । थोरै समयमा धेरै सम्पत्तिको चाहना राखेर कुनैपनि गलत कामलाई आँखा चिम्लेर सहयोग र समर्थन गर्ने धेरै प्रहरी अधिकृतले बर्दीमा दाग लागेको प्रहरी अधिकारी नै बताउँछन् ।

यस्ता काण्डमा साना पदका प्रहरी मात्र नभई संगठन प्रमुखनै पनि दोषी देखिएका र कतिपय त जेल जिवन बिताइरहेका छन् । नेपाल प्रहरी नै संलग्न भएका अपराधको सूची धेरै भए पनि पछिल्लो १० वर्षमा महत्वपूर्ण मानिएका घटना यस्ता छन् ।

सुडान घोटला काण्ड

KFC Island Ad
NIC Asia

नेपाल प्रहरीमा सबैभन्दा चर्चित काण्ड नै सुडान घोटाला हो । सुडान घोटालामा ३ जना पूर्वआइजीपी जेल जानुपर्यो । सर्वोच्च अदालतले नेपाल प्रहरीको बन्दोबस्ती सामान खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै नेपाल प्रहरीका तीन पूर्वप्रमुखहरूलाई दोषी ठहर गरेको थियो । सर्वोच्चले पूर्वप्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई भ्रष्टाचारी ठहर गरेको हो । राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने सजाय सुनाइएको छ भने गुरुङ र ठकुरीलाई एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । नेपाल प्रहरीको इतिहासमा एकै घटनामा ३ जना पूर्वआइजीपी जेल चलान भएको यो पहिलो घटना हो । 

३५ किलो सुनकाण्ड
 

Royal Enfield Island Ad

नेपाल प्रहरीका उच्च अधिकारी अनुसन्धानमा तानिएको अर्को चर्चित काण्ड हो ३५ किलो सुन । २०७१ मा तत्कालीन डीआईजी प्रकाश अर्याल केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) का प्रमुख थिए । सीआइबीको टोलीले चीनको खासाबाट नेपाल भित्रिएको ३५ किलो सुन समात्यो । तर प्रहरी अधिकारीले सुन तस्करीको सूचना दिने नक्कली सुचनादाता बनाएर कमीसन दाबी गरे । तत्कालीन डीआईजी अर्यालसँग अख्तियारले बयानसमेत लिएको थियो । राज्यव्यवस्था समितिले त्यसबेला निलम्वन गर्ने तयारी गरेपनि अन्ततः उनले त्यस काण्डबाट सफाई पाएका थिए । नेपाल प्रहरीभित्र त्यो घटनालाई ३५ किलो प्रकरण भनेर चिनिन्छ । 

नियमअनुसार कुनैपनि भन्सार नाकाबाट राजस्व छली तस्करी भईरहेको कुनै वस्तु वा सामानका विषयमा सूचना दिने सुराकीलाई उसको नाम गोप्य राखेर सरकारले १५ प्रतिशत कमिशन दिने व्यवस्था थियो । 
नक्कली सुराकी खडा गरेको सम्बन्धमा वास्तविक सुराकी आफैँ उपस्थित भएपछि यो रहस्य बाहिरिएको थियो ।
 
दरबारमार्ग बलात्कार प्रकरण
 

७ माघमा राजधानीको दरबारमार्गस्थि होटल ल्याण्डमार्कमा भएको बलात्कार प्रकरणले प्रहरीले रकम लिएर घटना मिलाएको विषय पनि प्रहरी संगठनभित्रको धब्बा हो । होटलमा कैलालीकी एक २० वर्षीय चौधरी थरकी युवतीको सामुहिक बलात्कारका दोषीलाई पैसामा मिलाएर उन्मुक्ती दिन खोजीएको भन्दै दरबारमार्गका सई चन्द्र भण्डारी र इन्पेसक्टर लक्ष्मणसिंह ठकुरी निलम्बनमा परे । उक्त घटनामा पीडित महिला आफैले मुद्दा फिर्ता लिन खोज्दा विवाद भएको थियो । तर बलात्कारको मुद्दा परेपछि सो मुद्दा फिर्ता लिन नपाउने भएको थियो । तत्कालीन आईजीपी प्रकाश अर्यालले दोषीलाई कडा कारबाही गर्न मातहतका निकायलाई  निर्देशन दिएका थिए । 

उनले सार्वजनिक रुपमै यस्तो घटनाको मुद्दा फिर्ता नहुने बताएर प्रशंसा बटुलेका थिए ।

३३ किलो सुन र सनम हत्या प्रकरण

नेपालमा सुन तस्करीको इतिहामै सबैभन्दा बढी व्यक्ति पक्राउ र हत्यासम्मको आपराधिक रुप लिएको घटना गत ७ माघमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको भनिएको ३३ किलो सुनको हो । युएई हुँदै नेपाल आएको भनिएको ३३ किलो सुन हराएको र सुन भित्र्याउन सम्मिलित भएका सनम शाक्यको हत्यापछि यो घटना निकै जेलिँदै गएको छ । त्यस हत्यामा संलग्न भनिएका सुन तस्करीका मुख्य नाईके चुडामणी उप्रेती फरार छन् । तर यहि घटनामा जोडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कार्यरत लोडर प्रेम नारायण चौधरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । यो प्रकरणमा २७ जना पक्राउ पर्दा पूर्व डीआइजी गोविन्द निरौला, बहालवाला एसपी विकासराज खनाल र डिएसपी संजय राउत र प्रजित केसी प्रहरी हिरासतमा छन् । उनीहरु तीनै जनालई संगठित अपराध र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाइएको छ । यो प्रकरणमा केही पूर्व आइजीपी तथा एक बहालवाला एसएसपीको नाम पनि मुछिएको छ । 

कहाँबाट बिग्रियो प्रहरी सिस्टम ?
 

राजनीतिक रुपमा नेपाल प्रहरीमा फोहरी खेल र चलखेल २०४९ बाट सुरु भएको मानिन्छ । २०४९ सालमा ३२ वर्षे सेवा अवधि हटाएर ३० वर्षे लागु गर्दै तत्कालीन आइजीपी रत्नशमशेर राणालाई हटाएर मोतिलाल बोहरालाई आईजीपी बनाइयो । काँग्रेसको स्वार्थमा घटाइएको घटना भएको जानकारहरु बताउँछन् । पुनः २ वर्ष थप्न सकिने प्रावधानअनुसार बोहोरा पूरा चार वर्ष प्रहरी प्रमुख भए ।

त्यसपछि उनले नेपाल प्रहरीमा महानिर्देशक (डिजिपी) पद सिर्जना गरेर जागिर लम्ब्याउन खोजे । राजनीतिक दलले आफु अनुकुलको पात्रका लागि सिस्टम नै भत्काउन खोजेपछि २०४९ सालपछि प्रहरी संगठनभित्र राजनीतिक रोग सुरु भएको प्रहरी उच्च अधिकारी बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०७५  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro