site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३३ किलो सुन प्रकरण– गोरेको सुन ‘डाक्टर’ ले व्यवस्थापन गर्थे !

काठमाडौं । ३ जनाको ज्यान जाने गरी भएको भएको ३३ किलो सुन प्रकरण अझै सेलाएको छैन । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले यस घटनाको अनुसन्धान गरिररहेको छ । 
४५ दिनको म्याद पाएको टोलीले पक्राउ परेकामध्ये दोषी देखिएकालाई मोरङ प्रहरीबाट १८ गतेभित्र मुद्दा चलाउने तयारी गरेको छ । 

कसरी आयो ३३ किलो सुन ?
माघ ७ मा युएईबाट ३३ किलो सुन त्रिभुवन विमानस्थलमा आइपुगेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् । त्यो सुन युएईमा रहेका चुडामणि उप्रेती ‘गोरे’ का भाई रमेश उप्रेतीले पठाएको स्रोतले बाह्रखरीसँगको कुराकानीमा बतायो । 

स्रोतका अनुसार यूएईबाट आएको सुन विमानस्थलबाट बाहिर निकाल्ने, बाहरि निकालेको सुन जिम्मा लिने र त्यसको व्यवस्थापन गर्ने छुट्टाछुट्टै समूह रहेको छ । अनुसन्धानमा संलग्न स्रोतका अनुसार गोरेले ल्याएको सुन विमानस्थलबाट बाहिरिएको केहीबेरमा नै अर्कै व्यक्तिले ‘रिसिभ’ गरेका थिए । त्यसको व्यवस्थापन गर्ने जिम्मा पाएका थिए डाक्टर भनिने निर्मल मनाङेले । 
उनी नै गोरेको व्यवस्थापन हेर्ने मुख्य व्यक्ति भएको स्रोत बताउँछ । ३३ किलो सुन पनि विमानस्थलबाट बाहिरिएको केहीबेरमा हराएपछि पछिल्लो काण्ड उजागर भएको थियो । स्रोतका अनुसार दुईवर्षअघि पनि  गोरेको १४ किलो सुन यसैगरी हराएको पाइएको छ ।

Dabur Nepal

को हुन डाक्टर भनिने निर्मल गुरुङ ?

स्रोतका अनुसार गोरेका सबैभन्दा विश्वासपात्र थिए निर्मल गुरुङ । गोरेले उनलाई कोड भाषा प्रयोग गर्दै ‘डाक्टर’ भनेर बोलाउँथे । गोरेले सुन ल्याउँदा प्रहरी, नेता, भन्सार, अध्यागमन सबैतिर सेटिङ मिलाउने काम तिनै डाक्टरले गर्ने गरेको स्रोत बताउँछ ।

उक्त ३३ किलो सुन नेपाल भित्रिने समयमा डाक्टर र गोरेबीचको सम्बन्धमा केही चिसोपना आएको थियो ।  यो हराएको ३३ किलो सुनसँग डाक्टरलाई पनि जोडेर हेरिएको प्रहरी स्रोत बताउँछ ।
 
३ महिनाअघि नै सनमले छाडेका थिए गोरेको काम 

यो घटनामा भरिया भनिएका सनम शाक्य खासमा गोरेका ‘अकाउन्टेन्ट’ थिए । उनले गोरेका सबै हिसाब–किताब राख्थे । सनमले ४ वर्ष गोरेसँग काम गरेको अनुसन्धानका क्रममा भेटिएको छ ।
तर ३३ किलो सुन आउनुअघि नै सनमले पनि गोरेलाई छाडिसकेको स्रोत बताउँछ । 

स्रोतका अनुसार ३३ किलो सुन हराउनुमा आफ्ना पूर्वकर्मचारीको हात रहेको हुन सक्ने भन्दै गोरेले सनमलाई यातना दिएको हुन सक्ने अनुमान छ । यातनाकै कारण सनमको मृत्यु भएको थियो ।

सनमको शव व्यवस्थापन गर्नै बार्गेनिङ !

फागुन १८ गते सनम शाक्यको शव फेला पर्यो धरानमा । तर प्रहरीले शव १९ गते विराटनगर पोखरीया कन्यामार्गमा सार्वजनिक गर्यो । गोरे समुहको यातनाबाट सनमको मुत्यु भएपछि उनको शव व्यवस्थापन गर्न अपराध महाशाखाकै केही प्रहरी अधिकृतसँग ५ करोडको बार्गेनिङ भएको स्रोतले जानकारी दियो ।

सनमको हत्यामा संलग्न मोहन काफ्ले, नरेन्द्र कार्की, टेकराज मल्ल, लाक्पा शेपा र मदन घिमिरेलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । यी सबै गोरेका सहयोगी भएको प्रहरी स्रोतले जानकारी दियो ।

सयौं सिमकार्ड फेर्थे गोरे 
गोरे नजिकका स्रोतका अनुसार उनले प्रत्येकपल्ट नयाँ नम्बर बोक्थे । उनले फरक व्यक्तिलाई फरक नम्बरबाटै फोन गर्ने गर्थे  । गोरेका बुबा नेपाल प्रहरीका अवकाशप्राप्त हवल्दार हुन् । गोरेकी श्रीमतीले काठमाडौंमै व्यापार गर्ने स्रोत बताउँछ ।

घटनाको अनुसन्धान जारी

गृह मन्त्रालयबाट गठित समितिले यो प्रकरणको अनुसन्धान जारी राखेको जनाएको छ । हालसम्म यस घटनासँग जोडिएको आशंकामा ३० जना पक्राउ परिसकेका छन् । टोलीले प्रहरीका उच्च अधिकारीदेखि भन्सार, अध्यागमनका अधिकारीमाथि अनुसन्धान जारी राखेको छ ।

यस घटनासँग जोडिएका पात्र धेरै रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro