site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३३ किलो सुन तस्करी र सनम हत्या प्रकरण: चेन अफ कमान्ड मिचेर प्रहरी विराटनगर पुगेको खुलासा
SkywellSkywell

काठमाडौं । तस्करीको ३३ किलो सुन हराएको तथा सनम शाक्यको हत्या प्रकरणमा प्रहरी अपराध महाशाखाको टोली माथिल्लो तहको अनुमति नै नलिई विराटनगर पुगेको खुलेको छ । ‘चेन अफ कमाण्ड’ मिचेर महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीको निर्देशनमा प्रहरी टोली आफूखुसी विराटनगर पुगेको खुलेको हो ।

अपराध महाशाखा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी मातहतमा छ र यसको कार्यक्षेत्र ललितपुर, काठमाडौं र भक्तपुर हो । महाशाखाले कुनै पनि काम गर्दा महानगरीय कार्यालय रानीपोखरीको अनुमति लिनुपर्छ । 

एआईजी जयबहादुर चन्दले अपराध महाशाखा आफ्नो कार्यालय मातहत रहेको बताउँदै सनम शाक्य हत्यापछि महाशाखाको टोली विराटनगर गएको बारे आफूलाई जानकारी नभएको बताएका छन् । उनले भने, “महाशाखाको कार्यक्षेत्र काठमाडौं उपत्यकामात्रै । विशेष अवस्थामा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र त्यसपछि प्रहरी प्रधान कार्यालयको अनुमतिमा मात्रै अन्यत्र जान मिल्छ ।” 

KFC Island Ad
NIC Asia

स्रोतका अनुसार महाशाखाका एसएसपी लोहनीले यसबारे प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई समेत जानकारी गराएका थिएनन् । प्रायः देशभर र विदेशका विवादित विषयमा केन्द्रीय अनुसन्धान व्युरो ‘सिआईवी’ले अनुसन्धान गर्ने गर्छ । उच्च एक प्रहरी अधिकारीले भने, “यो विषयमा पनि सिआइवीले अनुसन्धान गर्नुपथ्र्यो तर महाशाखाले आफूखुसी गर्न खोज्यो ।” 

गृह मन्त्रालयले तस्करीको ३३ किलो सुन गायब र त्यही प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको ‘हत्या प्रकरण’मा शंकास्पद भूमिका देखिएको भन्दै महाशाखाका एसएसपी दिवेश लोहनीसहित तीन सुरक्षा अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा तान्न निर्देशन दिएको छ । 

Royal Enfield Island Ad

गृहको निर्देशनपछि एसएसपी लोहनी, डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल प्रहरी प्रधान कार्यालयमा झिकाइएका छन् । स्रोतका अनुसार यो प्रकरणमा महाशाखाका अन्य तल्लोदेखि माथिल्लो दर्जाका अधिकारी पनि अनुसन्धानको दायरामा छन् । 

फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ ले चीनको केरुङ नाका हुँदै ल्याएको ३३ किलो सुन भरियाले लुकाएको भन्दै गत फागुन १८ गते सनम शाक्यको हत्या भएको थियो । हत्यापछि यो प्रकरण झनै रहस्यमय बनेको थियो । हत्या गरिएका शाक्यको शव फागुन १९ गते विराटनगरको पोखरीयाबाट अपराध महाशाखाका डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेलसमेतको टोलीले बरामद गरेको थियो । 

३३ किलो सुन र सनम हत्या प्रकरण अनुसन्धान गर्न अपराध अनुसन्धान विभागका डिआईजी पुष्कल रेग्मीको नेतृत्वमा छानविन समिति गठन भएको थियो । समितिमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल, एसएसपी बसन्त लामा, विशेष ब्यूरोका डिएसपी सुदिप पाठक र केन्द्रिय अनुसन्धान ब्यूरोका इन्सपेक्टर भीष्म हुमागाई सदस्य छन् । 

यो समितिले चैत २० र २१ गते एसएसपी लोहनीसँगै डिएसपी प्रजित केसी र नायब निरीक्षक बालकृष्ण सञ्जेलसँग बयान लिइसकेको छ । यो घटनामा गृहमन्त्री रामबहादुर थापाले समेत चासो व्यक्त गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०७४  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro