site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालको पार्सपोट विश्वकै साताैं कमजोर, सबैभन्दा बलीयो जापान र सिङ्गापुर, अफगानीस्तान अन्तिममा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको पार्सपोर्ट विश्वकै खराब पासपोर्टको सूचीमा सातौँ नम्बरमा परेको छ । हेन्ले पासपोर्ट सूचकांकले हालै सार्वजनिक गरेको सूचीमा नेपाल ३६ अंकसहित १०५ मध्ये ९९ औँ स्थानमा परेको छ । नेपालले जति नै ३६ अंक पाएर लिविया पनि ९९ औँ स्थानमा परेको छ । 

यस्तो अंक विश्वका देशहरुमा भिसारहित प्रवेश (अन दी अराइभल  भिसा) प्राप्त गरेको आधारमा तय गरिन्छ । नेपालले विश्वका ३६ वटा देशमा अन द अराइभल भिसा पाउँदै आएकोले ३६ अंक प्राप्त गरेको छ । नेपाल जम्मा २०५ देशको सूचीमा कमजोर पासपोर्टको सातौँ स्थानमा आएको हो ।

२४ अंक प्राप्त गरेर १०५ स्थानमा पुगेको अफगानिस्तानको पासपोर्टलाई सूचकांकमा सबैभन्दा कमजोर मानिएको छ । अन्तिमबाट दोश्रो अर्थात १०४ औं स्थानमा रहेको इराकले २७ र तेस्रो स्थान १०३ को सिरीयाले २८ अंक प्राप्त गरेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

सूचीमा १०२ औँ स्थानमा रहेको पाकिस्तान ३० अंकसहित कमजोरको चौँथो स्थानमा छ । त्यस्तै ३२ अंक पाएको सोमालीया १०१ औं अर्थात ५ औं मा परेको छ भने यमन ३० अंकसहित १०० औं अर्थात छैठौं स्थानमा परेका छन् । 

जापान र सिंङ्गापुर सबैभन्दा अगाडि
हेन्ले पासपोर्ट सूचकांकको शीर्ष स्थानमा जापान र सिङ्गापुर परेका छन् । दुबै देश १८० अंकसहित पहिलो नम्बरमा आएका हुन् । १७९ अंक प्राप्त गरेको जर्मनी दोस्रो स्थानमा छ भने १७८ अंकसहित फ्रान्स, इटाली, स्पेन, डेनमार्क, फिनल्याण्ड, स्वीडेन, दक्षिण कोरिया तेस्रो स्थानमा छन् । १७७ अंकसहित चौथोमा, पोर्चुगल, अष्ट्रिया, संयुक्त अधिराज्य, नर्वे, लक्जेम्बर्ग, नेदरल्याण्ड परेका छन् । त्यस्तै क्यानडा, स्वीट्जरल्याण्ड, आयरल्याण्ड र संयुक्त राज्य अमेरीका १७६ अंकका साथ पाँचौ स्थानमा छन् । त्सतैगरी बेल्जियम, अष्ट्रलीया तथा ग्रिस १७४ अंकसहित छैठौं स्थानमा परेका छन् । न्यूजल्याण्ड, चेक गणतन्त्र र माल्टा १७३ अंकसहित सातौं नम्बरमा परेका छन् । १७२ अंक पाएको आइसल्याड आठौं नम्बरमा परेको छ । १७१ अंकसहित हंगेरी नवौं स्थानमा परेको छ भने १० आैं बलीयो पार्सपोर्ट भएको देश १७० अंकसहित लाट्भीया रहेको छ ।

Global Ime bank

नेपालका छिमेकी देशहरुको अबस्था
उत्तरमा रहेको छिमेकी देश चीन ६४ अंकका साथ ७४ औँ स्थानमा परेको छ । चीनको विशेष प्रशासनिक क्षेत्र मकाउ १३२ अंकका साथ ३३ औँ स्थानमा तथा चिनको अर्को प्रशासनिक क्षेत्र हङकङ १६१ अंकका साथ १६ औँ स्थानमा छ । नेपालको अर्को छिमेकी देश बंगलादेश ३८ अंकसहित सूचकांकको ९७ औँ स्थानमा  श्रीलंका ४२ अंकका साथ ९४ औँ स्थानमा रहेको छ । श्रीलंकाको पासपोर्ट १२ औँ खराब पासपोर्टको रुपमा सूचिकृत भएको छ ।  

५६ अंकका साथ ८१ औँ स्थानमा भारत रहेको सूचीमा भुटानले ५२ अंकका साथ नेपाल भन्दा धेरै अगाडि ८५ औँ स्थानमा पुगको छ । मालदिभ्स ८३ अंकसहित पासपोर्ट सूचकांकको ५९ औँ स्थानमा सूचीकृत भएको छ ।  

किन पछाडि भयो नेपाल 
नेपालको पासपोर्ट कमजोर हुनुमा नेपालको गरिबी, विभिन्न देशमा अबैधानिक रुपमा गरिएको बसोबास तथा शान्ति सुरक्षा लगायतका कारण रहेको परराष्ट्र मन्त्रालय तथा पासपोर्ट विभागका अधिकारीहरु बताउँछन् । “हाम्रो देश गरिब भएकाले पनि राम्रो पासपोर्टको सूचीमा आउन नसकेको देखिन्छ,” मन्त्रालयका एक अधिकारीले भने “तर यो हाम्रो भन्दा पनि अराइभल भिषा दिने देशको हामीप्रतिको मुल्यांकनमा भर पर्ने कुरा हो ।”       

 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC