देश
काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना कार्य भइरहेको छ । मतगणनास्थलबाहिर कार्यकर्ताको भीड बढेको छ ।
मतगणनास्थलबाहिर बढी भीडभाड, होहल्ला हुने र झै–झगडा भइ सम्भावित घटना हुन नदिन प्रहरीलाई खटाइएको छ । मतगणनास्थलमा मापसे सेवन गरी कार्यकर्ता आउन सक्ने भन्दै मेसिनसहित प्रहरी खटिएका हुन् ।
शनिबार भएको मतदानमा सो क्षेत्रमा ५८ प्रतिशत मत खसेको थियो । उक्त क्षेत्रमा नेकपा (एमाले)बाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू, स्वतन्त्रबाट डकेन्द्रसिंह लिम्बू थेगिमलगायत उमेदवार छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१ १४:१७
प्रतिक्रिया दिनुहोस्