site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँच दमकलको सहायतामा शंखमूलको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको शंखमूलको आगलागी नियन्त्रणमा लिइएको छ । पाँच दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

आइतबार दिउँसो करिब १२ः४५ बजे शंखमूल दोभान पुलस्थित देवी अटोमोबाइल्समा आगलागी भएको थियो । आगलागी फैलिएर सँगै जोडिएको जस्ताका टहरामा सञ्चालित मोटरसाइकल वर्कसप, पान पसल, माछा पसल, खाजा पसल, तरकारी, फलफूल तथा किराना पसल, मासु पसल, रेस्टुरेन्टमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र ललितपुरका दुई र काठमाडौं महानगरपालिकाका तीन दमकलको सहायतमा दिउँसो करिब २ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, विद्युत्को तार सर्ट भई आगलागी भएको थियो । क्षतिको यकिन विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro