site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३ नम्बर प्रदेशमा आधा दर्जन आकांक्षी, कसको पल्ला भारी ?
SkywellSkywell

काठमाडौं । मुख्यमन्त्रीमा आकाङ्क्षीको लर्को लागेपछि एमाले ३ नम्बर प्रदेशले चुनावैमार्फत् दलको नेता चयन गर्ने भएको छ । बुधबार बिहान बसेको ३ नम्बर प्रदेश सचिवालयको बैठकले शुक्रबार बिहान ८ बजेका लागि निर्वाचनको मिति तय गरेको हो ।

“शुक्रबार बिहान ८ बजे तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा निर्वाचन तय भएको छ,” प्रदेश सचिवालयको बैठकको जानकारी गराउँदै एमाले पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले बाह्रखरीसँग भने, “चुनावको मिति तय भए पनि सर्वसम्मतिको सम्भावनाचाहिँ टरिसकेको छैन ।” उनले सर्वसम्मत पनि चुनावकै विधि भएकाले मिति तोक्दैमा अन्यथा नहुने जिकिर गरे ।

तर, पाँच नम्बर प्रदेशमा बाहेक अरू तीन प्रदेशमा चुनावमार्फत् नै दलको नेता चयन हुने देखिएको छ । पाँच नम्बर प्रदेशमा भने यसअघि नै पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेल नेता चयन भइसकेका छन् । अधिकारीले बहुआकाङ्क्षी देखा पर्दा नेतृत्वलाई मिलाउन हम्मेहम्मे परेको जानकारी दिए । त्यसो त एमाले स्थायी कमिटीले प्रदेशका दलका नेतामा एकभन्दा बढी आकाङ्क्षी देखा परे गोप्य मतदानद्वारा टुंग्याउनु भनेर निर्देशन दिँदै अहस्तक्षेपकारी नीति अख्तियार गरेको थियो । त्यसैको आडमा चुनावैमार्फत् दलको नेता चयन गर्न लागिएको उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

को–को छन् आकांक्षी ?
अपवादबाहेक संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने प्रावधान संविधानमै लेखिएकाले दलको नेतृत्व गर्न आकांक्षीको लर्को लागेको हो । पार्टी उपाध्यक्ष तथा प्रदेश कमिटी संयोजकसमेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्य दलको नेताको प्रमुख दावेदार हुन् तर उनलाई दलको नेता बन्न नदिन र मुख्यमन्त्री बन्ने बाटो छेक्न पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेले उमेदवारीको घोषणा गरेका छन् । 

पार्टीभित्र शाक्य नेता माधव नेपाल निकट हुन् भने पाण्डे पनि केही समयअघिसम्म सोही गुटमा थिए । तर मुख्यमन्त्री बन्ने इच्छा पालेका उनले गुटै परिवर्तन गरेका छन् ।
पार्टी अध्यक्ष केपी ओलीको समूहमा ३ नम्बर प्रदेशको मुख्यमन्त्री हत्याउने उच्च नेता नदेखिएको र मैदान खाली भएको चाल पाएर नेता पाण्डे त्यता लागेको स्रोत बताउँछ । तर, उनले ओली समूहबाट विश्वास भने जितिसकेका छैनन् ।

Royal Enfield Island Ad

शाक्य र पाण्डेका अलावा ओली पक्षबाट पोलिटब्युरो बैकल्पिक सदस्य सानुकुमार श्रेष्ठ, केन्द्रीय सल्लाहकार कमिटीका रामेश्वर फुयाँल, हेटौँडाका पूर्व मेयर डोरमणि पौडेल, काठमाडौँ महानगरका पूर्वमेयर केशव स्थापित आदिको नाम चर्चामा छ । त्यस्तै, नेपाल पक्षबाट अरुण नेपाल र पशुपति चौलागाईंको नाम चर्चामा छ ।

अरुण र पशुपतिले चुनाव हुँदा अष्टलक्ष्मीलाई सघाउने तयारी गरेको बुझिएको छ भने सानु श्रेष्ठ र केशव स्थापित पाण्डेलाई सघाउन तयार हुने स्रोत बताउँछ ।
यता रामेश्वर फुयाँल भने चुनावै हुँदा आफू पनि उमेदवार बन्ने जिकिर गर्छन् ।

चुनाव हुँदा कसले जित्ला ?
११० जनाको प्रदेशसभामा एमालेका ५८ सदस्य छन् । सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव गर्ने र नभए चुनावै गराउने गरी कार्यतालिका तय भइसकेको छ ।

त्यसो हुँदा हालका आकांक्षीमध्ये शाक्य र पाण्डेकै बीचमा प्रतिस्पर्धा हुन्छ । ३ नम्बर प्रदेश तुलनात्मक रूपमा संस्थापन पक्ष बलियो भएको ठाउँ हो । प्रदेशसभामा पनि उनीहरूकै अधिक भोट छ ।  तर, नेपाल पक्षले भने आफू २८ः३० को अनुपातमा रहेको र ओली पक्ष सबैले पाण्डेलाई भोट नदिने तर्क गर्छन् ।

समावेशीता मिलाउने अवसर 
एमालेको भागमा परेको चार प्रदेशमा नेतृत्वले बुद्धिमता अपनाउने हो भने समावेशी मुख्यमन्त्री चयन गर्न सकिने एमाले नेताहरू बताउँछन् । त्यसका लागि प्रदेश १ मा शेरधन राई (आदिवासी, जनजाति) प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य (महिला), प्रदेश ५ मा (खस, आर्य) बनाउने अवसर टार्न नहुने उनीहरूको तर्क छ ।

प्रदेश ४ मा किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङ प्रतिस्पर्धामा रहेकाले जनजाति नै मुख्यमन्त्री बन्ने देखिन्छ । यसले समावेशितालाई पनि टेवा पुर्याउने र जारी पार्टी एकता प्रक्रियालाई पनि बल पुर्याउने नेताहरूको तर्क छ ।

“माओवादीसमेतलाई मिलाउने कुरा भइरहेको छ,” एमाले नेता शेरबहादुर तामाङ हुन्छन्, “यस्तो बेलामा एमाले आफैँ बिभाजित हुनु हुँदैन । नेतृत्वले यत्ति त बुद्धिमता देखाउनुपर्यो ।”
दलको नेतासमेत सर्वसम्मत चयन गर्न नसके जनतामा राम्रो सन्देश नजानेतर्फ नेतृत्व बेलैमा सचेत हुनुपर्ने उनको राय छ ।
सभामुखमा आकांक्षी नै छैनन् 

जेष्ठ सदस्यको आधारमा हेटौँडाका पूर्वमेयर डोरमणि पौडेलले बैठकको अध्यक्षतासमेत गरिरहेका छन् । मुकामबासीसमेत रहेका पौडेल तथापि सभामुखको दौडमा छैनन् । बरु मुख्यमन्त्री बन्न काठमाडौँमा लविङ तीव्र बनाएका छन् ।

“सबैको चाहना मुख्यमन्त्री बन्नेमै छ, मुख्यमन्त्री बन्ने दौडमा लागेकाले सभामुखमा कसैको ध्यान गएको छैन,” प्रदेशसभा सदस्य रामेश्वर फुयाँल बताउँछन् । तर, २७ गते सभामुख चयनको मिति तोकिइसकेकाले एमालेबाट पौडेल नै सभामुखको उमेदवार बन्ने सम्भावना रहेको प्रदेश सचिवालयका एक सदस्य बताउँछन् ।
यद्यपि उनले संसदीय दलको नेता चयन पछिमात्रै सभामुखको उमेदवार टुंगो लाग्ने जानकारी दिए ।

वाम गगठबन्धनको भागवण्डानुसार प्रदेश ३ को मुख्यमन्त्री र सभामुख एमालेले पाएको छ भने उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro