site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
धार्मिक पर्यटक आकर्षित गर्न पाल्पामा ११ दिने महायज्ञ, ३ लाख भक्तजन आउने आयोजकको अपेक्षा
SkywellSkywell

काठमाडौं । पाल्पाको उत्तरी क्षेत्रमा पर्ने बगनासकाली गाउँपालिका ८ मा अवस्थित विश्वकै ठूलो मानिएको शिवमूर्ति रहेकोे स्थान महामृत्युञ्जय शिवासनधाममा यही माघ २१ गते आइतबारदेखि फाल्गुण २ गतेसम्म धार्मिक अनुष्ठान एवं शिवपुराण तात्विक ज्ञान महायज्ञ हुने भएको छ । मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मेला आयोजक मूल समारोह समितिका संयोजक विष्णु बश्यालले जानकारी दिए । 

महायज्ञबाट स्वेच्छाले संकलित रकमबाट मन्दिर स्थापना गर्ने आयोजकको लक्ष्य रहेको छ । “५ वर्षअगाडि राखिएको शिवको मूर्तिको लागि अहिलेसम्म मन्दिर बनाउन सकिएको छैन । संकलित रकमबाट हामीले निर्माण प्रक्रियामा रहेको मन्दिरको काम पूरा गर्ने लक्ष्य राखेको छौं । त्यसबाहेक धर्मशाला तथा अखण्ड धुनीको स्थापना गर्ने गुरुयोजनाअनुसार काम हुनेछ,” संयोजक बश्यालले भने । ११ दिनसम्म हुने महायज्ञमा तीन लाख भक्तजनको उपस्थिती रहने आयोजकको अपेक्षा छ । 

KFC Island Ad
NIC Asia

शिवरात्रिको अबसरमा हुन लागेको धार्मिक महायज्ञमा भागवत वाचनसँगै पितृमोक्ष र राष्ट्रशान्तिको कामनासहित ११ करोड दिप प्रज्वलन, ११ लाख महामृत्युञ्जय मन्त्रजप तथा हवन कार्यक्रम, सवा लाख गायत्री मन्त्रजाप तथा हवन कार्यक्रम, रुद्री पाठ र हवन, दैनिक योग प्रशिक्षण, ज्योतिष तथा वास्तु परामर्श, सामूहिक व्रतबन्ध, विवाह, चौरासीलगायत कार्यक्रम हुने आयोजकले बताएको छ । 

महायज्ञका मूल बाचक पण्डित नेत्रप्रसाद पराजुली तथा संरक्षक स्वामी १००८ विवेकानन्द सरस्वती रहेको आयोजकले जानकारी दिएको छ । महायज्ञमा भक्तजनहरुको निःशुल्क आवतजावतका लागि ११ दिनसम्म तानसेनको नारायणस्थानदेखि यज्ञस्थलसम्म दैनिक २ वटा बसको व्यबस्थासमेत रहेको आयोजले जनाएको छ । 

बगनासकाली ८ बराङ्गदीका भीम बश्यालले महामृत्युञ्जय शिवासनधाम बनाउन २०७० सालमा १ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरी तामा र पित्तलको शिवमूर्ति निर्माण गरी धाममा राख्न लगाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro