
काठमाडौं । रूसले युक्रेनको राजधानी किभमा गरेको हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन ।
राति भएको यो हमला तीन वर्षभन्दा अघि सुरु भएको आक्रमणपछि भएको सबैभन्दा ठूलो हमलाहरूमध्ये एक रहेको बीबीसीले जनाएको छ ।
युक्रेनी गृहमन्त्री इहोर क्लिमेन्कोले देशमा जम्मा ४४० ड्रोन र ३२ मिसाइलप्रहार गरिएको बताए ।
यसैबीच, मस्कोको रक्षा मन्त्रालयले रूसी वायु रक्षा इकाईहरूले १४७ युक्रेनी ड्रोनहरू राति अवरोध गरी नष्ट गरेको दाबी गरेको छ ।
किभमा गरिएको हमला ९ घण्टाभन्दा बढी समयसम्म चलेको थियो । यसले गर्दा बासिन्दाहरूले मध्यरातदेखि सूर्योदयपछिसम्म भूमिगत आश्रय स्थलहरूमा शरण लिनुपरेको थियो ।
अधिकारीहरूले एक जिल्लामा नौतले अपार्टमेन्ट भवनमा ब्यालिस्टिक मिसाइलले लागेको बताए । त्यहाँ सहरका २७ जिल्लामा आगो लागेको थियो । किभका मेयर भिटाली क्लिट्स्कोले ६२ वर्षीय एक अमेरिकी नागरिकसहित १५ जनाको मृत्यु भएको बताए ।
क्लिमेन्कोले उद्धार दलहरूले अझै पनि मानिसहरूलाई बचाउने कार्य जारी राखेको बताए ।