site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मध्यपूर्वमा शत्रुता र तनाव कम गर्न जी– ७ का नेताको आग्रह

काठमाडौं । जी– ७ देशका नेताहरूले प्यालिस्टिनको गाजासहित मध्यपूर्वमा रहेको तनाव कम गर्न आग्रह गरेका छन् । तर, क्यानडामा भएको शिखर सम्मेलनमा उनीहरूले इजरायल र इरानबीच युद्धविरामको माग भने गरेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित सातै देशले हस्ताक्षर गरेको विज्ञप्ति (स्टेटमेन्ट)मा मध्यपूर्वमा विकसित भइरहेका घटनाक्रम कम गर्न आग्रह गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्पले बैठक छोडेर जानुअघि हस्ताक्षतर गरिएको छ । ट्रम्पले बैठक छोडेर जानुको कारण स्पष्ट नभएको बताइए पनि उनका प्रवक्ताले  मध्यपूर्वमा भएको विकसित भइरहेका घटनाक्रमतर्फ संकेत गरेका छन् । 

क्यानडाको अलबर्टामा भएको जी– ७ शिखर सम्मेलनमा जम्मा भएका नेताहरूले मध्यपूर्वमा शान्ति र स्थिरताका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् ।

जी– ७ नेताहरूले इजरायलसँग आत्मरक्षाको अधिकार भएको बताउँदै इरानलाई क्षेत्रीय अस्थिरता र आतंकवादको वास्तविक स्रोत बताएका छन् ।

जी– ७ नेताहरूले भनेका छन्, “हामीले इरानले कहिल्यै परमाणु हतियार हासिल गर्न पाउँनु हुँदैन भन्दै लगातार भन्दै आएका छौँ ।”

इरानी संकटको समाधानले मध्यपूर्वमा युद्धको स्थितिमा कमी ल्याउने बताएका छन् । विज्ञप्तिमा उल्लेख छ, “गाजामा युद्धविराम पनि समावेश छ ।” 

जी– ७ नेताहरूले अन्तर्राष्ट्रिय ऊर्जा बजारको स्थिरताका लागि सतर्क रहने र आफ्ना साझेदारहरूसँग मिलेर काम गर्न तयार रहने बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्