देश

धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्रमा जंगली हात्ती मृत भेटिएको छ । आज बिहान बराहक्षेत्र नगरपालिका–२, स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा हात्ती मृत भेटिएको हो ।
नगरपालिकाका नगर प्रमुख रमेश कार्कीका अनुसार, स्थानीयले हात्ती मृत भेटिएको खबर गरेका थिए । उनले अन्दाजी पाँचदेखि सात वर्ष उमेरको भाले हात्ती रहेको बताए ।
हात्तीको मृत्युको कारण खुलेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोसी टप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए । रासस
प्रकाशित मिति: सोमबार, असार २, २०८२ १२:१७
प्रतिक्रिया दिनुहोस्