राजनीति

काठमाडौं । संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न आज बिहान ९ बजे सिंहदरवारमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक बोलाएका हुन् ।
जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ । प्रभावित भएको तालिकालाई कसरी संशोधन गर्दै संसद्लाई प्रभावकारी बनाउने भन्ने विषयमा बैठकमा छलफल हुनेछ ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२ ०७:५४
प्रतिक्रिया दिनुहोस्