राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनीष झाले आफूहरू झन् स्वतन्त्र भएको बताएका छन् । शुक्रबार सदनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, "मुद्दाको उठान जब आफ्नो स्वार्थका लागि हुन्छ त्यो बेला सेफ ल्यान्डिङको परिकल्पना गरिन्छ ।"
उनले सदनबाट नसुने सडकबाट सुनाउने बताए । "आज सदनबाट सुन्दैन भने भोलि सडकबाट सुनाउँछौँ," उनले भने "हामी आजदेखि झन् स्वतन्त्र भएका छौँ ।"
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १६:४४
प्रतिक्रिया दिनुहोस्