site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवीन्द्र मिश्र र धवलशमशेर जबराको प्रक्रिया अब कसरी अघि बढ्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरू रवीन्द्र मिश्र र  धवलशमशेर राणा फेरि पनि पक्राउ पर्न सक्ने देखिएको छ । बयानका लागि उपस्थित नभएपछि अदालतले नै सूचना र पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

“भोलि/पर्सिमा सूचनासहित पक्राउ पुर्जी पनि जारी हुन्छ । उहाँहरू अदालतमा आफैँ उपस्थित हुन पनि पाउनुभयो । नभए प्रहरीले पनि समाएर बुझाउने भयाे, ” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले त्यतिबेलै उनीहरूलाई पक्राउ गरेको थियो ।

वैशाख ७ गते राणालाई प्रहरीले उपचार प्रयोजनका लागि हाजिर जमानीमा रिहा गरेको थियो । मिश्र भने बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले दिएको आदेशपछि जेठ २ गते रिहा भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्