site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस, एमाले र माओवादीबीच दुईबुँदे सहमतिमा हस्ताक्षर, रास्वपाको ठाउँ खाली

काठमाडौं । प्रतिनिधिसभाका तीन ठुला राजनीतिक दलबीच दुई बुँदे सहमति कायम भएको छ ।

“भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त विषय सम्बन्धमा छानबिनका लागि सरकारले आवश्यक सहजीकरण गर्नेछ,” पहिलो बुँदामा भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी दोस्रो बुँदामा भनिएको छ, “अध्यागमन र भिजिट भिसाका सम्बन्धमा देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नहरुमा उपयुक्त व्यवस्था/संरचनाका लागि ठोस पहल गरिनेछ ।”

कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरुले हस्ताक्षर गरे पनि रास्वपा भने यी दुई बुँदामा सहमत नभएपछि ठाउँ खाली राखिएको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्