
काठमाडौं । बमको हल्लापछि भारतको एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण गराइएको छ । हिन्दुस्तान टाइम्सका अनुसार १५६ जना यात्रु बोकेको विमान दिल्ली उड्नासाथ बेला बमको सूचना दिइएको थियो ।
अहिले विमान थाइल्यान्डमा राखेर चेकजाँच गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघि हिजो पनि एयर इन्डियाकै जहाज दुर्घटनामा परेको थियो ।
समाचारमा उल्लेख गरिएअनुसार अहिलेसम्म बम भए–नभएको केही पुष्टि हुन सकेको छैन ।
विमानभित्र अहिले खानतलासी भएको जनाइएको छ । भारतमा पछिल्लो महिना भारतीय विमान कम्पनीहरुमा बम राखिएको हल्ला निकै फैलिएको छ । पहिला १० महिनामा एक हजार फोन तथा म्यासेज यसैगरी आएका थिए जुन सन् २०२३को तुलनामा १० गुणा बढी थियो ।
हिजोमात्रै अहमदाबादमा भएको दुर्घटनामा २४१ जना यात्रुसहित कम्तिमा पनि २९० जनाको मृत्यु भएको थियो । विमान एक होस्टलको छतमा खस्दा त्यहाँ रहेका कम्तिमा पनि ४९ जनाको मृत्यु भएको थियो ।