site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विमान दुर्घटना : १०० भन्दा धेरैको शव अस्पताल लगियो

काठमाडौं । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा १०० भन्दा धेरै जनाले ज्यान गुमाएका छन् । प्रहरीले एउटा अस्पतालमात्र १०० भन्दा धेरै शव लगिएको बताएको रोयटर्सले जनाएको छ । अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने बताएका छन् ।

यसअघि, उद्धारकर्ताले बिहीबार अपराह्नसम्म ३०–३५ जनाको शव निकालिएको बताएका थिए । अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार (जुन १२) दिउँसो लन्डनका लागि उडेको एयर इन्डियाको विमानमा कुल २४२ जना सवार थिए ।

एयर इन्डियाका अनुसार, दुर्घटनाग्रस्त बोइङ ७८७–८ विमानमा १६९ भारतीय, ५३ बेलायती, एक क्यानेडियन र सात पोर्चुगलका नागरिक सवार थिए । विमानमा २३० वयस्क यात्री, दुई शिशु र चालक दलका १० सदस्य थिए ।

विमान अहमदाबादबाट बेलायतको लन्डन गेटविक विमानस्थलका निम्ति उडेको थियो । स्थानीय समयानुसार दिउँसो १ बजेर ३८ मिनेटमा विमान अहमदाबादबाट उडेको थियो । त्यसको पाँच मिनेटपछि विमान दुर्घटना भएको भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज किदवाईले बीबीसी हिन्दीलाई बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्