site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एयर इन्डियाको विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि थिए सवार

काठमाडौं । एयर इन्डियाको एआई–१७१ उडान विमानमा गुजरात राज्यका पूर्वमुख्यमन्त्री विजय रूपाणी सवार रहेको खुलेको छ । सत्तारूढ भारतीय जनता पार्टी (बिजेपी) गुजरात राज्य शाखाले पुष्टि गरेको इन्डिया टीभी अनलाइनले जनाएको छ । 

२४२ यात्रु सवार विमानमा गुजरात पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार थिए । विमानमा सवार यात्रुहरूको सूची सार्वजनिक गरिसकेको छ । रूपाणी ३० जुनमा लन्डनबाट फर्कने तयारी गरिरहेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक बिहीबार दुर्घटना भएको हो । विमानमा सवार यात्रुहरूमा १६९ जना भारतीय नागरिक सवार थिए ।

भारतीय जनता पार्टी (बिजेपी)का नेता विजय रूपाणीले ७ अगस्ट २०१६ देखि ११ सेप्टेम्बर २०२१ सम्म गुजरातको १६औँ मुख्यमन्त्रीको रूपमा दुई कार्यकाल सेवा गरेका थिए । उनी राजकोट पश्चिम निर्वाचन क्षेत्रबाट गुजरात विधानसभाका सदस्य पनि थिए । 

मुख्यमन्त्रीको रूपमा उनले आनन्दीबेन पटेलको उत्तराधिकारी बनेका थिए । सन्  २०१६ मा गुजरातको मुख्यमन्त्रीको पदमा शपथ लिएका थिए । २०१७ को गुजरात विधानसभा चुनावमा उनी राजकोट पश्चिम निर्वाचन क्षेत्रबाट पुनः विजयी भए र नितिन पटेललाई उपमुख्यमन्त्री बनाएर आफ्नो पद कायम राखे । सेप्टेम्बर २०२१ मा विजय रूपाणीले मुख्यमन्त्री पदबाट राजीनामा दिए र भूपेन्द्र पटेल उनका उत्तराधिकारी बनेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्