site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जोर्डनले आफ्नो वायुसीमामा प्रवेश गरेका मिसाइल र ड्रोन खसाल्यो

काठमाडौं । जोर्डनले आफ्नो वायुसीमामा प्रवेश गरेका धेरै मिसाइल र ड्रोनहरू शुक्रबार बिहान उसको वायुसेनाका जेट र वायु रक्षा प्रणालीले नष्ट गरेको छ । 

जोर्डनको छिमेकी देश इजरायलले शुक्रबार इरानविरुद्ध हमला गरेको थियो । जोर्डनको सशस्त्र सैन्य बलको जनरल कमान्डले समाचार संस्था पेट्रालाई बताएअनुसार, रोयल जोर्डन वायुसेनाका विमानहरू देशको वायुसीमा र नागरिकहरूको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समाचार संस्था पेट्रोले मिसाइल र ड्रोनहरू जोर्डनको बस्ती भएका क्षेत्रहरूमा खस्नसक्ने सम्भावना रहेको सैनिक मूल्यांकनको आधारमा जनधनको क्षति हुनसक्ने भन्दै सतर्कता अपनाइएको सीएनएनले जनाएको छ । 

पेट्राका अनुसार जोर्डन सशस्त्र सैन्य बलले कुनै पनि परिस्थितिमा देशको वायुसीमा उल्लंघन गर्न अनुमति नदिने बताएको छ ।

यसैबीच, इरानविरुद्ध इजरायलको आक्रमणपछि जोर्डन र इराकले आफ्नो हवाइ क्षेत्र बन्द गरेका छन् । संयुक्त अरब इमिरेट्सको प्रमुख एयरलाइनहरूमध्ये एक इमिरेट्सले इजरायलले बिहानै गरेको हमलाको प्रतिक्रियामा इरानले ड्रोन हमला गरेपछि धेरै मध्यपूर्वी देशहरूका उडान रद्द गरेको छ । 

इमिरेट्सले शुक्रबार र शनिबार दुवै दिन इराक, जोर्डन, लेबनान र इरानका उडानहरू रद्द गरेको छ । एयरलाइनले प्रभावित यात्रुलाई आफ्नो यात्रा एजेन्ट वा स्थानीय इमिरेट्स कार्यालयमा सम्पर्क गरी उडान पुनः बुक गर्न आग्रह गरेको छ । सीएनएन

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्