site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले इरानमा सैन्य कारबाही गर्दै छ ?

काठमाडौं । इजरायल इरानमा सैन्य कारबाही गर्न पूर्णरूपमा तयारी अवस्थामा रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । 

सीबीएस न्यूजका अनुसार इरानले आफ्नो छिमेकी देश इराकमा रहेका केही अमेरिकी लक्ष्यहरूमा प्रतिशोधात्मक कारबाही गर्नसक्ने अमेरिकाले अनुमान गरेको छ । यही कारण अमेरिकाले बुधबार केही अमेरिकी नागरिकहरूलाई इराक छोड्न सल्लाह दिएको बताइएको छ । 

अमेरिकी विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढेको हुनाले इराकमा तैनाथ गैर–आपतकालीन सरकारी कर्मचारीहरूलाई निस्कन आदेश दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्प प्रशासनले इरानसँग सम्झौता गरेर त्यसको आणविक कार्यक्रम सीमित गर्न खोजेको छ । तर, अन्तर्राष्ट्रिय निरीक्षकहरूले इरानले युरेनियम समृद्धि हतियारस्तरको नजिकै पुर्‍याइरहेको बताएका छन् । 
वार्ता नाजुक अवस्थामा रहेको र दुवै पक्ष सम्झौताको कति नजिक छन् भन्ने स्पष्ट नभएको बताइएको छ ।

ट्रम्पले इरानले कुनै पनि युरेनियम विकास नस्वीकार्ने बताएका छन् । इरानी नेताहरूले अमेरिकाका सर्तहरू नमान्ने बताएका छन् ।

बुधबार केनेडी सेन्टरमा भएको कार्यक्रममा ट्रम्पले इरानको बारेमा कुरा गर्दै पत्रकारहरूलाई भने, “अमेरिकीहरूलाई क्षेत्र छोड्न सल्लाह दिइएको छ किनभने त्यो खतरनाक ठाउँ हुनसक्छ । हामीले के हुन्छ भनेर हेर्नेछौँ ।”

उनले अमेरिकाले इरानलाई आणविक हतियार विकास गर्न नदिने बताए । इजरायली अधिकारीहरू र ह्वाइट हाउसका प्रवक्ताहरूले यसबारे कुनै पनि टिप्पणी गर्न मानेनन् । 

ट्रम्पले भने, “मैले उनलाई समयमा यस्तो गर्न उचित हुने छैन भनेको थिएँ किनभने हामी समाधाननजिकै पुगेका छौँ ।”

दुई अमेरिकी अधिकारीहरूको भनाइअनुसार, राष्ट्रपति ट्रम्पका मध्यपूर्व दूत स्टिभ विट्कफले आगामी दिनमा इरानसँग छैठौँपटकको आणविक कार्यक्रम वार्ता गर्ने योजना बनाएका छन् ।

वर्षौंदेखि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इरानसँग कुनै पनि सम्झौताप्रति गम्भीर आशंका व्यक्त गर्दै आएका छन् । सन् १९७९ को इरानी क्रान्तिपछि यी दुई देशहरू बीच टकराब छ । नेतन्याहूको कार्यालयले इजरायलले इरानको आणविक कार्यक्रम रोक्न असंख्य खुला र गोप्य अभियानहरू चलाएको बताएको छ ।

गत महिना, उनको प्रशासनले इरानी शासनसँग वार्ता जारी राखेको अवस्थामा ट्रम्पले नेतन्याहूलाई इरानमा आक्रमण नगर्न सार्वजनिक रूपमा आग्रह गरेका थिए । सीबीएसन्यूज

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्