site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाप्रति यसरी जंगिए कांग्रेस र नेकपा एसका सांसद (भिडियोसहित)

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्को विवाद भएको छ । 

सिंहदरबारमा शुक्रबार बसको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरुले आपत्ति जनाएपछि चर्को विवाद भएको हो ।

बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफुहरुले छानबिन समितिको माग गरको धारणा राखेका थिए । उनले संसदीय समितिमा मानव तस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्विप मानेर निरीह बनेर बस्ने गरेको टिप्प्णी गरेपछि विवाद चर्किएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांसद पराजुलीले भिजिट भिसा प्रकरणको बिषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग समेत गरे । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो ? भन्दै उनले प्रश्न गरेपछि सत्तापक्ष सांसदहरुले आपत्ति जनाएका थिए ।

नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको बिषय नभएको बताए । उनले विषयबस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै रुलिङ गर्न माग गरे ।

विवाद भएपछि समिति सभापति अव्दुल खानले विषयबस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए ।

raju-1749797375.JPG
 

सांसद पराजुलीले आफ्नो समयभित्र विषयबस्तु राख्दा आपत्ति हुनुपर्ने कारण स्पष्टसँग चाहिने बताए । पुनः कांग्रेस सांसद थापाले आफुहरुलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ मानवतस्करीको विरोध आफुहरुले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकेदार हो ? भन्दै आक्रोशित भएका थिए । रास्वपा सांसद पराजुलीले मानवतस्करीविरुद्ध सबैको एकमत भए छानबिन समिति गठन गर्न चुनौती दिए ।

पुनः विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले विषयबस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका बिषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

त्यसपछि आफुले बोलेको बिषयमा नै छानबिन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाए । विवाद बढ्दै गएपछि सभापति खानले विषयबस्तुमा बोल्न आग्रह गरे ।


 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्