
काठमाडौं । इजरायलले शुक्रबार (जुन १२) इरानमा आक्रमण गरेको छ । आक्रमणको निसाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाइएको छ ।
“यो एकदिने हमला होइन,” इजरायली सेना स्रोतले सीएनएनलाई भनेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नतान्जस्थित इरानको मुख्य परमाणु विकास संरचना र ब्यालिस्टिक मिसाइल कार्यक्रमको ‘मुटु’लाई निसाना बनाइएको बताएका छन् ।
आक्रमणमा इरानका सेना प्रमुख हुसेन सलामीलगायत आधिकारी मारिएका छन् । इरानले इजरायली आक्रमणपछि प्रतिकार गर्ने चेतावनी दिएको छ । सलामी देशका सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्ये एक थिए ।
- इजरायलको आक्रमणमा इरानी सेना प्रमुख सलामीको मृत्यु
- इरानविरुद्धको हमला इजरायल र अमेरिकालाई महँगो पर्नेछ : इरानी सेना
आक्रमणबाट क्षति पुगेको भवनका तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशन गरेका छन् ।
थप तस्बिर हेर्नोस्–