site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले इरानमाथि हमला गरेपछि कच्चा तेलको मूल्यमा भारी वृद्धि
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इजरायलले इरानमाथि हमला गरेको घोषणा गरेसँगै कच्चा तेलको मूल्य बढेको छ । हमलाको खबर आएपछि बेन्चमार्क आयल कन्ट्रयाक्ट, ब्रेन्ट क्रुड र निमेक्स लाइट स्विटको मूल्यमा १० प्रतिशतभन्दा बढी वृद्धि भएको बीबीसीले जनाएको छ ।

इरान र इजरायलबीचको द्वन्द्वले इरानबाट तेल आपूर्तिमा बाधा पुग्नसक्छ भन्दै व्यापारीहरू चिन्तित भएको बताइएको छ ।

कच्चा तेलको मूल्य वृद्धिले खाद्य पदार्थको मूल्यदेखि कारमा इन्धन भर्ने लागतसम्म असर पार्छ ।

विश्लेषकहरूले व्यापारीहरूको नजर अब आगामी दिनमा इरानले जवाफी कारबाही गर्छ अथवा गर्दैन भन्नेमा रहेको बीबीसीलाई बताएका छन् । बीबीसी

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्