site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलको आक्रमणमा इरानी सेना प्रमुख सलामीको मृत्यु

काठमाडौं । इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ । 

शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सलामी मारिएको खबर इरानका राज्यनियन्त्रित सञ्चारमाध्यमहरूले बताएका छन् । उनी इजरायली आक्रमणमा मारिएका केही शीर्ष अधिकारीहरूमध्ये एक हुन् ।

इजरायलले आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ । 

इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् । 

इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ आणविक वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ ।

यसमा आणविक ऊर्जा संगठनका पूर्वप्रमुख फेरेदुन अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची छन् ।

सन् २०१० मा तेहरानको एउटा सडकमा फेरियदुन अब्बासीको ज्यान लिने प्रयास गरिएको थियो । तर, उनी  त्यस समय बाँचेका थिए । बीबीसी

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्